विपत्तिमा मजदुरको सारथि: चालक समाजद्वारा ३१ परिवारलाई राहत वितरण
गल्छी, धादिङ / त्रिशूली नदीमा आएको अप्रत्याशित आकस्मिक बाढी र कृष्ण भिरमा गएको पहिरोका कारण अलपत्र परेका मजदुर परिवारका लागि चालकहरू सारथि बनेका छन्।
थाक्रे गाउँपालिकाका स्थानीय सक्रिय ट्रिपर तथा ट्रक चालकहरूको संस्था ‘चालक समाज’ को नेतृत्वमा गल्छी-८ स्थित कोल्पु खोला किनारमा बस्ने ३१ घर परिवारलाई राहत सामग्री वितरण गरिएको छ।
विभिन्न जिल्लाबाट यहाँ आएर घर-टहरा बनाई बालुवा बोक्ने र मजदुरी गर्ने मजदुरहरू कृष्ण भिरमा भएको सडक अवरोध र बाढीका कारण अलपत्र परेका थिए। अचानक आइलागेको यो विपत्तिले उनीहरूको दैनिक रोजीरोटी खोसिएपछि बिहान-बेलुका हातमुख जोर्नै धौ-धौ परेको अवस्था थियो।
अध्यक्ष नारायण पन्तको नेतृत्वमा राहत अभियान मजदुर परिवारको यो बिचल्ली र गम्भीर सङ्कटलाई मनन गर्दै चालक समाजका अध्यक्ष नारायण पन्तको विशेष नेतृत्व र सक्रियतामा राहत सामग्री जुटाइएको हो।
पीडित परिवारहरूलाई तत्कालै आवश्यक पर्ने राहत सामग्रीहरू वितरण गरिएको छ, जसमा:खाद्यान्न: चामल, दाल, र नुन भान्छाका सामग्री: तेल र विभिन्न मसलाहरूजिन्सी सामग्री: लत्ताकपडाहरू सधैँ सडकमा गाडी गुडाउने र सामान ओसार्ने चालकहरूले यस पटक भने संकटमा परेका असहाय मजदुरहरूको आँसु पुछ्ने काम गरेका छन्।
आफ्नै गाउँ-ठाउँ र वरपरका मजदुरहरू भोकभोकै बस्नुपर्ने अवस्था आउँदा अध्यक्ष नारायण पन्त र सिङ्गो चालक समाजले देखाएको यो मानवीय र परोपकारी कदमको स्थानीय स्तरमा निकै प्रशंसा भइरहेको छ।














