डीटीफेस्ट २०२६ मा शिव परियार, समीक्षा अधिकारी र मुक्ति एन्ड रिभाइभल
भर्जिनिया / चर्चित गायक शिव परियार, लोकप्रिय गायिका समीक्षा अधिकारी तथा नेपाली ब्लुज–रक संगीतका अग्रणी ब्यान्ड मुक्ति एन्ड रिभाइभलले अमेरिकामा आयोजना हुने डीटीफेस्ट २०२६ अर्थात् दसैँ–तिहार फेस्ट २०२६ मा विशेष प्रस्तुति दिने भएका छन्।
थ्रीई इन्टरटेनमेन्ट यूएसएद्वारा आयोजित यस महोत्सवले नेपाली संगीत, संस्कृति, परिकार तथा उत्सवलाई एकै थलोमा प्रस्तुत गर्दै अमेरिकास्थित नेपाली समुदायलाई जोड्ने लक्ष्य राखेको छ।
डीटीफेस्ट २०२६ को मुख्य कार्यक्रम अक्टोबर ११, २०२६ मा भर्जिनियाको एशबर्नस्थित वन लाउडनमा आयोजना हुनेछ।
कार्यक्रममा सहभागी दर्शकहरूले शिव परियारका लोकप्रिय गीत, समीक्षा अधिकारीको सशक्त स्वर तथा मुक्ति एन्ड रिभाइभलको ऊर्जावान प्रत्यक्ष प्रस्तुति अवलोकन गर्न पाउनेछन्।
आयोजकका अनुसार संगीतमार्फत नेपाली समुदायलाई आफ्नो भाषा, संस्कृति र परम्परासँग थप नजिक ल्याउने उद्देश्यले कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको छ।
यस वर्षको अर्को विशेष आकर्षण भनेको डीटीफेस्टको न्यू इङ्ग्ल्यान्डसम्मको विस्तार हो। विगत पाँच वर्षदेखि डीसी, मेरिल्यान्ड र भर्जिनिया क्षेत्रमा नेपाली समुदायलाई एकताबद्ध गर्दै आएको डीटीफेस्ट पहिलो पटक न्यू इङ्ग्ल्यान्ड क्षेत्रमा पनि आयोजना हुन लागेको हो। यस विस्तारलाई नेपाली समुदायबीच बढ्दो लोकप्रियता र सांस्कृतिक कार्यक्रमप्रतिको उत्साहको प्रतीकका रूपमा हेरिएको छ।
डीटीफेस्ट न्यू इङ्ग्ल्यान्ड २०२६ आगामी सेप्टेम्बर २६, २०२६ मा होलिस, न्यू ह्याम्पसायरस्थित अल्पाइन ग्रोभ इभेन्ट्स सेन्टरमा आयोजना हुनेछ। उक्त कार्यक्रममा पनि मुक्ति एन्ड रिभाइभलको विशेष प्रत्यक्ष प्रस्तुति रहनेछ।
आयोजकहरूले न्यू इङ्ग्ल्यान्ड क्षेत्रका हजारौँ नेपालीलाई एउटै छानामुनि ल्याउँदै नेपाली पर्व, संस्कृति र संगीतको भव्य उत्सव मनाउने तयारी गरेका छन्।
कार्यक्रम घोषणा भएसँगै नेपाली संगीतप्रेमीबीच उत्साह बढेको छ। शिव परियार, समीक्षा अधिकारी र मुक्ति एन्ड रिभाइभलजस्ता चर्चित कलाकारहरूको सहभागितासँगै डीटीफेस्ट २०२६ अमेरिकामा आयोजना हुने प्रतीक्षित नेपाली सांस्कृतिक कार्यक्रममध्ये एक बन्ने अपेक्षा गरिएको छ।
मुक्ति एन्ड रिभाइभलको अमेरिका वार्षिकोत्सव भ्रमणअन्तर्गत अमेरिकाका विभिन्न सहरमा कार्यक्रम आयोजना गर्न चाहने समुदाय तथा आयोजकहरूका लागि बुकिङ खुला गरिएको छ।
आफ्नो सहरमा मुक्ति एन्ड रिभाइभलको प्रस्तुति आयोजना गर्न इच्छुक संस्था तथा आयोजकहरूले थप जानकारी तथा बुकिङका लागि थ्रीई इन्टरटेनमेन्टलाई ७०३–५०९–११२७ मा सम्पर्क गर्न सक्नेछन्।













