न्यू योर्क क्विन्स अस्टोरियामा नयाँ नेपाली रेस्टुरेन्ट, बिहान ३ बजेसम्म खुल्ने
अस्टोरिया, न्यू योर्क / न्यू योर्कको अस्टोरियामा नयाँ नेपाली रेस्टुरेन्ट सञ्चालनमा आएको छ। कोलोराडोमा ६ वटा तथा सान फ्रान्सिस्को र मिजुरीमा सफलतापूर्वक स्थापित भइसकेको ब्रान्ड ‘गाया मसाला एन्ड बर्गर’ ले आफ्नो नयाँ शाखाका रूपमा न्यू योर्कमा सेवा विस्तार गरेको हो।
क्विन्स, अस्टोरियास्थित ३३-११ ब्रोडवे (33-11 Broadway, Astoria, Queens) मा रहेको यस रेस्टुरेन्टले भोलिदेखि आफ्नो ‘ग्रान्ड ओपनिङ’ (Grand Opening) गर्दै छ।
नेपाली सञ्चालक तथा सेफद्वय हिरा कुँवर र नन्दलाल न्यौपानेले आफैँले तयार पारेको विशेष फ्युजन मेनुलाई नेपालीहरूको बाक्लो उपस्थिति रहेको क्विन्स सहरमा विस्तार गरेका हुन्।
सञ्चालक सेफ कुँवर र न्यौपानेले नेपाली, इन्डियन र अमेरिकन खानाका परिकारहरूमा प्रयोग हुने ससदेखि हरेक पक्षको सूक्ष्म परीक्षण र बजारीकरण आफैँले गरेका छन्। यहाँ ७ प्रकारका मःमः, चाउमिन, टिक्का मसाला, चिजस्टेक, बर्गर र नानसहित झन्डै ४० वटा स्वादिष्ट परिकारहरू उपलब्ध छन्।
सेफ न्यौपानेका अनुसार न्यु योर्कका अधिकांश नेपाली रेस्टुरेन्टहरू प्रायः राति ११ बजेपछि बन्द हुने गर्छन्। त्यसैले राति अबेरसम्म काम गर्नेहरू र रात्रिकालीन खानाका पारखीहरूका लागि बिहानको ३ बजेसम्म खुल्ने यो रेस्टुरेन्ट निकै सहज हुनेछ।
ग्रान्ड ओपनिङका अवसरमा भोलि र पर्सि खानामा ३५ प्रतिशत र पेय पदार्थ (Drinks) मा ५० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको छ। यसका साथै, उबर (Uber) चालकहरूका लागि वर्षैभरि १० प्रतिशत छुट उपलब्ध रहने जानकारी सञ्चालकले दिएका छन्।
रेस्टुरेन्टबारे थप जानकारीका लागि तपाईँ यस लिंकमा जान सक्नुहुन्छ: gaiamasalaandburger.com













