त्रिवेणी साहित्य मञ्चमा नयाँ कार्यसमिति, अध्यक्षमा सुदामा
ह्यारिसबर्ग, पेन्सिलभेनिया / अमेरिकामा नेपाली भाषा, कला र साहित्यको संरक्षण तथा प्रवर्द्धनमा क्रियाशील संस्था ‘त्रिवेणी साहित्य मञ्च अमेरिका’को तेस्रो कार्यसमिति गठन भएको छ।
आइतबार पेन्सिल्भेनियाको ह्यारिसबर्गमा आइतबार आयोजित कार्यक्रमका बीच आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको हो।
सन् २०१९ मा स्थापना भई नेपाली साहित्यको श्रीवृद्धिमा निरन्तर लागिरहेको यस मञ्चको नयाँ अध्यक्षमा नारद आचार्य ‘सुदामा’ चयन भएका छन्। उनी यस अगाडि संस्थाको महासचिव थिए ।
संस्थाका निवर्तमान अध्यक्ष केशब बैरागी माइलो कार्यकारी निर्देशकको जिम्मेवारी छन्।
वरिष्ठ उपाध्यक्षमा प्रेम घिमिरे, उपाध्यक्षमा अभि नारायण काश्यव र सचिवमा परमा अधिकारी ‘कान्छो’लाई चयन गरेको छ। संस्थाको कोषाध्यक्ष पद भने हाललाई रिक्त राखिएको छ। सह कोषाध्यक्षमा पुनम दुलालको चयन गरिएको छ ।
संस्थाले नेपाली भाषी स्रष्टाहरूलाई गोलबन्द गर्दै सांस्कृतिक र साहित्यिक गतिविधिहरूलाई अझ उचाइमा पुऱ्याउने लक्ष्य राखेको छ।
नयाँ समिति गठनसँगै सल्लाहकार र सदस्यहरूको पनि टुङ्गो लगाइएको छ।
त्रिवेणी साहित्य मञ्चको तेस्रौं कार्य समिति
१) कार्यकारी निर्देशक : केशब बैरागी माइलो
२) अध्यक्षः नारद आचार्य सुदामा
३) वरिष्ठ उपाध्यक्षः प्रेम घिमिरे
४) उपाध्यक्षः अभि नारायण काश्यव
५) सचिवः परमा अधिकारी कान्छो
६) सह-सचिवः देविका बराल
७) सह-सचिवः ज्ञानु शर्मा
८) कोषाध्यक्षः ,,,,,,,,,,,,,,,,,,,,।
९) सह-कोषाध्यक्षः पुनाम दुलाल
१०) प्रविधिक प्रमुखः दिपेश चापागाँईं
११) सांस्कृतिक संयोजनः गोविन्द हुमगाँईं
१२) सह-सांस्कृतिक संयोजकः अमृता शर्मा
१३) साहित्यिक संयोजकः बाल कृष्ण न्यौपाने
१४) सह-साहित्यिक संयोजकः तिर्थ वास्तोला
वरिष्ठ सल्लाहकारः
१) प्रमुख सल्लाहकारः महेन्द्र अधिकारी
२) सल्लाहकारः देवि दागाने
३) सल्लाहकारः टि वी गुरूङ
४) सल्लाहकारः देवि खनाल
५) सल्लाहकारः ओम घिमिरे
६) सल्लाहकारः खगेन्द्र घिमिरे
सदस्यहरू
१) रानी चिमोरिया
२) डि पी दुलाल
३) केशब धिमाल
४) ओम विष्ट
५) गण्डकीपुत्र
६) नारद अधिकारी














