दुर्गेश थापा ह्यारिसबर्ग भट्टी प्यालेसमा, आज साँझ वाइल्ड फायर खोल्ने घोषणा
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ नेपाली साङ्गीतिक क्षेत्रमा चर्चित गायक तथा पर्फमर दुर्गेश थापा पेन्सिल्भेनियाको ह्यारिसबर्ग आइपुगेका छन्।
आइतबार साँझ लाइभ प्रस्तुति दिनका लागि लागि थापा शनिवार नै ह्यारिसबर्ग आइपुगेका हुन्।
शनिवार उनले ‘भट्टी प्यालेस रेस्टुरेन्टमा ‘ मा भिआइपी दर्शकहरू सँग भेटघाट तथा अन्तरक्रिया गरेका थिए।
‘धन्यवाद, सबै जनालाई, यहाँ उपस्थित भई दिनु भयो, आज भेटघाट हुने माहौल, चिनजान हुने माहौल मात्र बनाएको हो । विषेश रमाइलो आइतबार साँझ हुँदै छ, सबै जना आउनु होला ।’ गायक थापाले भने,’ किनकि म पनि डाटा बाट तपाईँहरूलाई नचाउन रमाउन आइरहेको छु। साथ दिनु होला। जे हुन्छ भोली हुन्छ आज फायर मात्र हो भोली वाइल्ड फायर हुन्छ।
केटीएम इभेन्टस एण्ड इन्टरटेन्टमेन्ट साग्रिला भट्टी प्यालेसले दुर्गेश थापाको लाइभ कार्यक्रमको आयोजना गर्न लागेका हुन्।

दुर्गेशको प्रस्तुति अगाडि अर्का गायक सशीत केसी केसी सहित स्थानीय सङ्गीतकर्मीहरूले पनि प्रस्तुति दिने छन्।
आयोजकका अनुसार बिरेन रसाइलीको गायन सँगै साँझ सात बजे कार्यक्रम शुरु हुने छ। त्यस पछि स्थानीय कलाकार ग्रिश गुरुङ, उदाउँदो स्थानिय कलाकार शिरशिर गुरुङले पनि प्रस्तुति दिने छन्। यस्तै फ्लेमिङ-गो ब्यान्डका जेनेश गुरुङ, दीपक गुरुङ र लोकेश गुरुङको प्रस्तुति रहने छ।
दुर्गेश थापा अगाडि इथोस ब्यान्डले दर्शकलाई मनोरञ्जन दिने कार्यक्रम तय गरिएको छ।
यस्तै ब्लमिङ लोटस डान्स स्टुडियोका विद्यार्थीहरूको नृत्य प्रस्तुति पनि रहने जनाइएको छ।
मुख्य उद्घोषकमा लक्ष्मी अधिकारी तथा सह- उद्घोषकमा बिनिता ढुङ्गाना र रियाल्टर क्रिस रहने छन्।













