निवर्तमान गृहमन्त्री लेखकलाई मातृ शोक
काठमाडौं । निवर्तमान गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश लेखकलाई मातृ शोक परेको छ ।
बिहीबार साँझ ह्याम्स अस्पतालमा उपचारका क्रममा लेखककी ८९ वर्षीया माता शारदा लेखकको निधन भएको स्वकीय सचिव जनक भट्टले बताए ।
उनी दमलगायत रोगबाट पीडित थिइन् ।
उनको निवासमा आगजनी भएका दिन उनी घरभित्रै थिइन् भने उनलाई आन्दोलनकारीले बाहिर निकालेका थिए ।












