मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल छानिए

काठमाडौं । विवाहित र अविवाहित महिलाहरूबिचको सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५ सम्पन्न भएको छ ।
आइतबार साँझ काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरको हलमा आयोजित फिनालेबाट चारजना विजेता छानियो । जसमा अविवाहित अर्थात् मिस रोयल ग्लोबल क्विन नेपाल २०२५ तर्फ दिपा क्षेत्री विजेता बनिन् भने मेरिता पोखरेल फस्ट रनर अप बन्न सफल भइन् ।
यस्तै विवाहित अर्थात् मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५ तर्फ सारिका बुढा विजेता बन्न सफल भइन् भने सिर्जना राई फस्ट रनर अप बनिन् । आयोजक शाह स्टुडियो एण्ड कम्पनी प्रालीका अध्यक्ष मोनु शाहले चारै जना विजेताहरूले नेपाललाई प्रतिनिधित्व गर्दै मलेसिया र मुम्बईमा हुने प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने जानकारी दिए ।
शाहका अनुसार मिस तर्फकी विजेता दिपा र मिसेस तर्फकी विजेता सारिकाले मलेसियामा प्रतिनिधित्व गर्न पाउनेछन् भने मिस तर्फकी फस्ट रनर अप मेरिता र मिसेस तर्फकी फस्ट रनर अप सिर्जनाले मुम्बईमा प्रतिनिधित्व गर्न पाउनेछन् । उनीहरू मलेसिया र मुम्बई जाने तालिका आउन बाँकी रहेको र दुई महिना भित्रमा पुगिसक्ने जानकारी गराइयो ।
मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५ का विजेताहरूले आफूहरूमा आत्मबल बढेको बताए । सुरुमा आफूहरूलाई सामूहिक रुपमा बस्दा कन्फिडेन्ट नहुने समस्या धेरै भएको तर अहिले यस प्रतियोगितामा आइसकेपछि धेरै कुरामा कन्फिडेन्ट बढेर आएको बताएका थिए ।