शताब्दी पुरुष सत्यमोहन जोशी मुलुककै गहना हुन् : चिरिबाबु महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शताब्दी पुरुष सत्यमोहन जोशी मुलुककै गहना भएको बताएका छन् ।
ललितपुर महानगरपालिकाले निर्माण गरेको शताब्दी पुरुष सत्यमोहन जोशीको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले ललितपुर महानगरपालिका शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा कुनै पनि काम गर्न पछाडि नपर्ने बताएका हुन् ।
उनले भने, ‘शताब्दी पुरुष सत्यमोहन जोशी मुलुककै गहना हुन् । सत्यमोहन जोशी ललितपुर महानगरपालिकाकामा जन्मिनु हाम्रो लागि सौभाग्य हो । ललितपुर महानगरपालिका शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा कुनै पनि काम गर्न पछाडि पर्दैन । सत्यमोहन जोशीको नाममा कुनै पनि काम कुरो गर्दा हामी सदा सर्वदा तयार छौँ । यसमा घरपरिवारको पनि सहयोग चाहिन्छ । घरपरिवारको सहयोग बिना कुनै पनि काम गर्न हामी सक्दैनौँ ।’
साथै उनले ललितपुर महानगरपालिकाले मुलुकमै पहिलो हुने गरी धेरै कार्यहरू गर्दै आइरहेको बताए ।
उनले भने, ‘ललितपुर महानगरपालिका धेरै कुरामा अग्रसर भएर मुलुकमै पहिलो हुने धेरै कार्यहरू गर्दै आइरहेको छ । ललितपुर महानगरपालिका सत्यमोहन जोशीको जीवित अवस्थामै उहाँको १० रुपैयाँको हुलाक टिकट निकाल्नमा समेत सफल भयो । तर ललितपुर महानगरपालिकाको एउटा नागरिक भएको नाताले हामी ललितपुर महानगरपालिका ज्यादै नै खुसी छौँ । भगवानले नै उहाँलाई ललितपुर महानगरपालिकामा जन्म गराइदिनुभएको हो की जस्तो लाग्छ ।’