माओवादीको ‘जनतासँग माओवादी’जागरण अभियान पुनः सुरु
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पूर्व पश्चिम हुलाकी लोक मार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान नयाँ वर्ष पहिलो दिन सोमबारबाट पुनः सुरु भएको छ ।
सोही अनुसार पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्व पश्चिम हुलाकी लोक मार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान टिम अन्तर्गत नवलपुरको गैँडाकोट पुगेका छन् ।
अभियान टिमलाई नवलपुरको गैँडाकोटमा स्वागत गरिएको छ ।
अध्यक्ष प्रचण्ड लगायतका नेताहरू आज र भोलि नवलपुरका जनतासँग रहने छन् ।