रवि लामिछाने पूर्पक्षका लागि कारागार चलान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालती प्रक्रिया पुर्याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो ।
उनले अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने जनाइएको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रवार काठमाडौँबाट पक्राउ गरी शनिवार विमानमार्फत भैरहवा लगिएको थियो ।
भैरहवा कारागारमा सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डिआइजी छविलाल जोशी पनि रहेका छन् ।