वसन्तपुरमा ठड्याइयो चीर, फागु पर्व शुरु
काठमाडौँ । फागु पर्वको आजदेखि विधिवत् रुपमा सुरुवात भएको छ । फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान शुभ साइतमा मौलिक बाजागाजासहित काठमाडौँको वसन्तपुरमा रङ्गीचङ्गी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको हो ।
परा पूर्वकलादेखि नै फागु पर्वको दिनभन्दा एक साता अघि यसरी चीर ठड्याउने परम्परा रहिआएको छ । चीर ठड्याइएसँगै नेपालमा फागु पर्व सुरु भएको मानिन्छ।
यसरी ठड्याइको चीर फागु पूर्णिमाको राति साइत हेरेर ढालिन्छ र टुँडिखेलमा जलाएर विसर्जन गर्ने चलन छ । चीर ढालेको भोलिपल्ट नेपालको तराईमा होली पर्व मनाउने गरिन्छ ।
यस पर्वका दौरान रङहरूको उत्सव, मिठा परिकार र सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिन्छ, जसले समाजमा आपसी सद्भाव र भाइचारा वृद्धि गर्न मद्दत पुर्याउँछ।
फागु पर्वको महत्त्वको कारण, यो सबैको मनमा रंग र उमङ्गको उत्साह फैलाउने एउटा विशेष अवसर हो ।