अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडमा लोसार साँझ सम्पन्न
म्यासाचुसेट्स/अमेरिकाको म्यासाचुसेट्स राज्यको केप कडमा रहेको नेपालीहरूको संस्था “केप कड नेपाली समाज” ले यस वर्षको लोसार पर्व (सर्प वर्ष) सार्वजनीक कार्यक्रम गरि मनाएको छ। समाजले यस अगाडि पनि नेपाली मौलिक चाडपर्वहरू सामुहिक रुपमा मनाउदै आएको छ।
समाजका अध्यक्ष केबी राईको अध्यक्षता र छेजी शेर्पा-एन्ड्रूको संयोजकत्वमा फेब्रुअरी महिनाको १६ तारीख, आइतबारका दिन हायनिस स्थित केप कोड आइरिस भिलेजको सभाकक्षमा लोसार भनाइएको हो।
समाजका महासचिव,इच्छा खड्का र सचिव सरस्वती खनालद्वारा संयुक्त रूपमा संचालित उक्त कार्यक्रममा अमेरिकाको न्यु योर्क र कनेक्टिकट राज्यबाट शेर्पा समुदायका अतिथिहरूको पनि उल्लेख्य उपस्थित रहेको थियो।
समाजका वरिष्ठ उपाध्यक्ष बिष्णु मान प्रधानले कार्यक्रममा उपस्थिति सबैलाई स्वागत गर्दै लोसार वर्ष २१५२ को शुभकामना व्यक्त गरे। उनले केप कड नेपाली समाज द्रुत गतिमा अगाडी बढिरहेको र बर्ष दिन भित्रमा धेरै नेपाली चाडपर्व हरू मनाउने कार्यक्रम गरिसकेको र आगामी दिनहरूमा पनि मनाउदै जाने बताए। नेपाली समुदायका सबैलाई संस्थामा आबद्ध भई साथ र सहयोगका लागि पनि आव्हान गरे।
यसैगरि “लोसार साँझ”कार्यक्रमका संयोजक छेजी शेर्पा-एन्ड्रूले न्यु योर्क तथा कनेक्टिकट राज्यबाट आएका सहित सबै सम्पूर्ण अतिथिहरूलाई खादा लगाएर स्वागत गर्दै लोसार पर्वको बारेमा प्रष्टाएका थिए। उनले लोसारको शुभकामना दिदै कार्यक्रम सफल पार्ने सबैलाई धन्यवाद व्यक्त गरे।
समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार हरि राईले पनि उपस्थित सबैलाई लोसार पर्वको शुभकामना दिंनुको साथै सांगितिक प्रस्तुती दिएर कार्यक्रमलाई थप हौसला प्रदान गरेका थिए।
संखुवासभा शेर्पा समाज अमेरिकाको अध्यक्ष, ओंग्चु शेर्पा, कनेक्टिकट शेर्पा सोसाइटीका अध्यक्ष, सोनाम छिरिंग शेर्पाले केप कडमा आएर लोसार मनाउन पाउदा ख़ुशी लागेको बताए। उनीहरुले सबैलाई लोसार पर्वको शुभकामना दिए। कार्यक्रममा जीबीएनसीका अध्यक्ष सन्दीप भट्टराईको पनि उपस्थिति रहेको थियो।
नेपाली संस्कृति झल्किने विभिन्न मौलिक भेषभुषामा सजिएका केप कडका स्थानीय बाल कलाकारहरू, मिंग्मा लाह्मु शेर्पा, डिचेन डोल्मा शेर्पा, पासंग डोल्मा शेर्पा, फुर्वा शेर्पा र जिग्मे शेर्पा द्वारा स्वागत नाच प्रस्तुत गरि “लोसार विशेष सांस्कृतिक कार्यक्रम” को शुरुआत गरिएको थियो।
यसैगरि कार्यक्रममा स्थानीय कलाकारहरूको विभिन्न समुहले सामूहिक रूपमा प्रस्तुत गरिएका नेपाली समुदायको विभिन्न मौलिक भेषभुषा, परम्परा र सांस्कृतिलाइ प्रतिबिम्बित गर्ने शेर्पा नाच, तिब्बतियन नाच, तामागं नाच र गुरुंग नाचहरूको प्रस्तुतिले लोसार सांझको विशेष रौनकता बढाएको थियो।
लोसार विशेष सांस्कृतिक कार्यक्रमलाई सफल पार्न स्थानीय कलाकारहरू सहित, के. ओंगछु शेर्पा, निमा शेर्पा, सुस्मा क्षेत्री-शेर्पा, छेजी शेर्पा-एन्ड्रू, प्रमिला धमला बन्जारा, पेमा खंगदु शेर्पा, खगेन्द्र राई, डोमा शेर्पा, रिन्जिंग डिक्की लामा, रविना गुरूगं, निशा लामा, झरना अन्डरउड साथै बाल कलाकारहरू डिचेन डोल्मा लामा, मिंग्मा लाह्मु शेर्पा, रिसिका शाहले सहयोग गरेका थिए।
सांस्कृतिक कार्यक्रममा प्रस्तुत गरिएका प्रायः सबै नाचहरूको कोरियोग्राफ़ी केप कड नेपाली समाजका आजीवन सदस्य रवीना गुरुङले गरेका थिए।
त्यसैगरि कार्यक्रममा उपस्थित अतिथिद्वय लाक्पा शेर्पा र साँगे शेर्पाले पनि नेपाली मौलिक गीतहरू गाएर कार्यक्रमलाई थप मनोरंजन प्रदान गरे।
स्थानीय दिदीबहिनी तथा दाजुभाईहरूले रविना गुरुंगको अगुवाईमा लोसार विशेष पुजा तथा अन्य सजावट सामाग्रीहरू ल्याई कार्यक्रम गर्ने सभाकक्षलाई सजाएर आकर्षक बनाएका थिए।
त्यसैगरि छेछे गर्ने सामाग्रीहरू ( छ्यागं, ‘साम्पा’ जौ को पीठो र चामल) सबैको सहजताको लागि प्रवेशद्वार नजीकै राखिएको थियो भने पर्व विशेष परिकारहरूः खाप्से, ढेसे, नुन घ्यु हालेको चिया र फलफुलहरूको पनि ब्यवस्था गरेका थिए।
यसरी लोसार विशेष पुजा सामाग्री र परिकारहरू बनाई ल्याउनेहरूमा कार्यक्रम संयोजक छेजी शेर्पा, समाजका सदस्यहरू रवीना गुरूंग, रिन्जिंग लामा, मिंग्मा शेर्पा, डोमा शेर्पा, ओंग्चु शेर्पा, लाक्पा नोर्वु शेर्पा, प्रमिला धमला बन्जारा लगायतले सहयोग गरेका थिए।
कार्यक्रमको समापन सत्रमा “लोसार साँझ” लाई सफल बनाउन सहयोग गर्ने ओल्ड बार्न लिकर स्टोर- वुड्स होल फाल्माउथ, लोबो पिज्जा- ई. फाल्माउथ, पिज्जा ब्वाय- वेयरह्याम, ओशन स्ट्रिट मार्केट- ह्यानिसलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। यस्तै ध्रुव थापा, दिपेन सिन्हा, कुमार तामाङ, टिका खतिवडा लाई समाजका अध्यक्ष केबी राईले खादा लगाई दिएर सम्मान गरे।
केप कड नेपाली समाजका नयाँ आजीवन सदस्य डा. सरिता बज्राचार्य, प्रदीप बज्राचार्य, लाक्पा नोर्वु शेर्पा र नवागं शेर्पा लाई पनि समाजका अध्यक्ष राईले खादा तथा प्रमाणपत्र प्रदान गरि सम्मान गरे।
त्यसै गरि लोसार साँझ सांस्कृतिक कार्यक्रमलाई सफल बनाउन सहभागी सम्पूर्ण कलाकारहरूलाई पनि समाजका अध्यक्ष राई र बरिष्ठ उपाध्यक्ष प्रधानले खादा तथा प्रशंसापत्र प्रदान गरि सम्मान गरे।
कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति, केबी राईले उपस्थित सबैलाई लोसार साँझ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे।
कार्यक्रममा साना बालकालिकाहरु मिली तामाङ र अभिश्री खतिवडालाई राफल चिट्ठा तान्न लगाई १२ वर्ष मुनीका बच्चाहरूको समुहबाट १ जना र १२ वर्ष भन्दा माथिका उमेर समुहबाट १ जना गरि जम्मा २ जना विजेताहरू छनौट गरिएको थियो । जसमा, विजेताहरू क्रमशः जिग्मे शेर्पा र गुन्जा शाहलाई समाजका अध्यक्ष केबी राईले राफल पुरस्कार प्रदान गरे।
उक्त कार्यक्रमका आर्थिक प्रायोजक समितिमा संयोजक विमल खड्का र सदस्यहरूमा केवी राई, हर्कुलस कन्द्ङवा र ध्रुव थापा थिए। खाना ब्यबस्थापन को संयोजन तथा फोटोग्राफी उपाध्यक्ष कुवेर विन्दुकारले गरेका थिए।कार्यक्रम हलको ब्यबस्थापन कार्यकारी सदस्य ज्योती केसी को संयोजनमा ईच्छा खड्का, कृष्ण तिमलसिना, विष्णु मान प्रधान, कुमार तामाङ, अजय खतिवडा थिए भने सहभागीको दर्तामा कोषाध्यक्ष विमल खड्का, कार्यकारी सदस्य अजय खतिवडा र सदस्य टिका खतिवडाले गरेका थिए र स्वयंसेवकको रूपमा कुमुदा पोख्रेल, प्रमीला धमला बन्जारा, समीर ओझा, खगेन्द्र राई र सिताराम राईले कार्यक्रममा सहयोग पुर्याएका थिए।
कार्यक्रमका थप तस्बिर