पेन्सिल्भेनियाको योर्क स्थित अस्पतालमा गोली चलाउनेको पहिचान
योर्क, पेन्सिल्भेनिया/ योर्कमा काउन्टीका रहेको युपीएमसी मेमोरियल अस्पतालमा गोली चलाउनेको पहिचान भएको अधिकारीले बताएका छन्।
अस्पतालमा गोली चलाउने ५० वर्षीया डायोजेनेस आर्कएन्जेल ओर्टिज भएको बताइएको छ। उनी ह्यान्डगन र जिप टाई लिएर अस्पताल प्रवेश गरेका थिए।
अधिकारीहरूले बताएअनुसार घटना बिहान १०:३५ बजेतिर युपीएमसी मेमोरियलमा सुरु भएको थियो। गोलीबारीमा तीन जना मेडिकल स्टाफ सदस्य र तीन प्रहरी अधिकारीहरू सहित छ जना व्यक्ति घाइते भएका थिए।
घटनामा वेस्ट योर्क बरो प्रहरी अधिकारी एन्ड्रयू डुआर्टेको घटनास्थलमै निधन भएको थियो।
घटना पछि पेन्सिल्भेनियाका गभर्नर जस शापिरोको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा राज्य महान्यायाधिवक्ता डेभ सनडेले बताए अनुसार गोली चलाउने डायोजेनेस आर्कएन्जेल ओर्टिज सिधै आइसियुमा पुगेको र उनले युपीएमसी कर्मचारीका धेरै सदस्यहरूलाई बन्धक बनाएका थिए।
आर्कएन्जेल ओर्टिजले अस्पतालको हलवेमा एक कर्मचारीको हात एकसाथ बाँधेर बन्दुकको नोकमा समातेको बताइएको छ। त्यसपछि अधिकारीहरूले गोली चलाएर संदिग्धलाई मारेका थिए।
घटनाका बाँकी घाइतेहरूको अवस्थामा स्थिर रहेको बताइएको छ।
पत्रकार सम्मेलनमा राज्य महान्यायाधिवक्ता डेभले घटनाको गम्भीर अनुसन्धान भइरहेको बताए।