पेन्सिल्भेनियाको योर्क स्थित अस्पतालमा गोलीबारी, एक प्रहरी सहित बन्धुकधारीको निधन
|
तपाइले यो समाचार यहाँ सुन्न पनि सक्नु हुन्छ:
Getting your Trinity Audio player ready...
|
योर्क, पेन्सिल्भेनिया/ योर्क काउन्टीमा शनिवार एक अस्पतालमा गोलीबारी हुँदा एक प्रहरी अधिकारीको निधन हुनका साथै अन्य केही घाइते भएको वेस्ट योर्क बरो प्रहरीले जनाएको छ।
योर्कको इनोभेसन ड्राइभ र रुजवेल्ट एभिन्यूमा रहेको युपीएमसी मेमोरियल अस्पतालमा गोलीबारी भएको हो।
“आज बिहान युपीएमसीमा रहेको वेस्ट म्यानचेस्टर टाउनशिपमा भएको दुखद घटनामा हाम्रो वेस्ट योर्क बरो परिवारले पीडादायी क्षति बेहोर्नु परेको छ। निर्दोषको ज्यान गएकोमा हाम्रो हृदय टुटेको छ,” बरोले फेसबुकमा लेखेको छ।
घटनामा वेस्ट योर्क बरोका प्रहरी अधिकारी एन्ड्रयू डुआर्टेको निधन भएको जनाइएको छ।
घटनामा बन्दुकधारीको पनि मृत्यु भएको बताइएको छ।
यसै बिच पेन्सिल्भेनियाका गभर्नर जोश शापिरोले घटनास्थलमा पुगेको सामाजिक सञ्जालमा जनाएका छन्। राज्य सिनेटर डन किफर र राज्य प्रतिनिधि सेथ ग्रोभले शनिवार दिउँसो बजे संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका छन्।
योर्कमा २०२५ मा यो दोस्रो गोली काण्ड भएको अधिकारीहरुले बताएका छन्।
योर्कमा शुक्रवार मात्र एक गाडीमा गोली चल्दा एक जनाको निधन भएको जनाइएको थियो। जुन घटना एक सय चार दिन पछिको पहिलो भनिएको थियो।















