अमेरिकामा गाडीको ढोका, फेन्डर र स्पेयर टायर भित्र लुकाइ लागू औषध तस्करी
टेकेट, क्यालिफोर्निया/ सीमा भन्सार सुरक्षा अधिकारी (सीबीपी) ले क्यालिफोर्नियामा एक साताको बिचमा १५ सय पाउण्डभन्दा बढी लागू औषध जफत गरेको जनाएको छ। अधिकारीहरूले गाडीको ढोका, फेन्डर र स्पेयर टायर भित्र लुकाइएका एक सय प्याकेजहरू फेला पारेको हो।
क्यालिफोर्नियाको टेकेट पोर्ट अफ एन्ट्रीमा खटाइएका सीबीपी अधिकारीहरूले तीन अलग-अलग तस्करी प्रयासहरूमा १५ सय पाउण्डभन्दा बढी लागू औषध जफत गरेका हुन्।
पहिलो घटना मंगलबार, फेब्रुअरी ११ मा टेकेट पोर्ट अफ एन्ट्रीमा भएको जनाइएको छ। सीबीपी अधिकारीहरूले मेक्सिकोबाट अमेरिकामा प्रवेश गर्न खोजिरहेको रातो एसयुभीमा निरीक्षण गर्दा ६५ प्याकेज लागु औषध भेटिएको हो। ७२ वर्षीय पुरुष सो गाडी चलाएका थिए।
अधिकारीहरूले ट्रयाक्टर-ट्रेलरको भौतिक परीक्षण गरे र ट्रेलरको फ्ल्याटबेड भित्र लुकाइएका ६५ प्याकेजहरू फेला परेका थिए।
प्याकेजहरूको सामग्री परीक्षण गर्दा मेथाम्फेटामाइन भएको पहिचान गरिएको र कुल तौल ३०२ पाउण्ड भएको सीबीपीको प्रेस विज्ञप्तिमा उल्लेख छ।
दोस्रो घटना बिहीबार, फेब्रुअरी १३ मा टेकेट कार्गो सुविधामा भएको थियो । अधिकारीहरूले मेक्सिकोबाट अमेरिका प्रवेश गर्न खोजिरहेको ३० वर्षीय पुरुषले चलाएको कालो ट्रयाक्टर-ट्रेलर निरीक्षण गर्दा फ्ल्याटबेड भित्र लुकाइएका ६५ प्याकेजहरू फेला पारेका थिए।
ती प्याकेजहरूमा कुल सात सय ७० पाउण्ड लागू औषध निकालिएको थियो। ६ सय ९७ पाउण्ड तौल भएका ३७ प्याकेजहरूमा मेथाम्फेटामाइन र २८ प्याकेजहरूमा कोकेनको भएको पत्ता लागेको अधिकारीको भनाई छ। कोकेनको तौल ७३ पाउण्ड रहेको थियो।
हप्ता समाप्त हुने अन्तिम घटना सोमबार, फेब्रुअरी १७ मा भएको थियो । ट्रयाक्टर-ट्रेलरको थप जाँच गर्दा फ्ल्याटबेड ट्रेलरको भुईँबाट ३८ प्याकेजहरू फेला परेका थिए। प्याकेजहरूको सामग्रीहरूको तौल चार सय ३७ पाउण्ड रहेको र ती मेथाम्फेटामाइन नामक लागू औषध भएको पत्ता लगेको थियो।
घटनाहरूमा संलग्न संदिग्धहरूलाई पक्राउ गरिएको र थप अनुसन्धानको लागि होमल्याण्ड सुरक्षा अनुसन्धानमा बुझाइएको जनाइएको छ।
फोटो: सीबीपी