नेपाल र अमेरिका बिच हुने पुरातात्त्विक सामाग्री ओसारपसारबारे मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । नेपाल सरकार मन्त्रीपरिषद् बैठकले नेपाल र संयुक्त राज्य अमेरिकाबिच हुने पुरातात्त्विक र समुदायको संस्कृतिसँग सम्बन्धित सामग्रीहरूको ओसारपसार तथा आयात प्रतिवन्धसम्बन्धी सम्झौता स्वीकृत गर्ने।
बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सो जानकारी दिएका हुन्।
मन्त्रिपरिषद् स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने उच्च स्तरीय खण्डमा सहभागी हुन माननीय परराष्ट्र मन्त्रीको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ।
यस्तै बैठकले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक रवीन्द्र के.सी.को राजीनामा स्वीकृत गरेको छ।
यस्ता छन्,मन्त्रीपरिषद् बैठकका निर्णयहरू
१.सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०७५; उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ र एउटै प्रकृतिको कामका लागि स्थापना भएका अलग–अलग संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्नेसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ले सिफारिस गरेका सुझावहरूको कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन गर्ने।
२.नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा अर्जुनबाबु ढकाल, गोरखालाई नियुक्त गर्ने।
३.नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्री रवीन्द्र के.सी.को राजीनामा स्वीकृत गर्ने।
४.संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्को ५८औँ नियमित सत्रअन्तर्गत २०८१ फागुन १२ गतेदेखि १४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने उच्च स्तरीय खण्डमा सहभागी हुन माननीय परराष्ट्र मन्त्रीको भ्रमण स्वीकृत गर्ने।
५.नेपाल सरकारका नाममा दर्ता रहेको सरकारी जग्गा प्रसूति गृह निर्माण, स्वास्थ्य चौकी भवन निर्माण, वडा कार्यालय भवन निर्माण र आयुर्वेद औषधालय भवन निर्माणका लागि मायादेवी गाउँपालिका, रुपन्देहीलाई उपयोग गर्न स्वीकृत दिने।
६.नेपाल सरकारको नाममा दर्ता रहेको सार्वजनिक प्रकृतिको जग्गा जिल्ला प्रहरी कार्यालय रुकुमकोट, रुकुमपूर्वकलाई प्रयोग गर्न स्वीकृति दिने ।
७.नेपाल सरकारको नाममा दर्ता रहेको सार्वजनिक प्रकृतिको जग्गा बहुउद्देश्यीय पोलिटेक्निकल इन्टिच्यूट (व्यावसायिक प्रशिक्षण केन्द्र) को भवन निर्माण प्रयोजनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई प्रयोग गर्न स्वीकृति दिने।
८.नेपाल सरकार र ओमान सरकारबिच हुने पर्यटन क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने।
९.नेपाल र संयुक्त राज्य अमेरिकाबिच हुने पुरातात्त्विक र समुदायको संस्कृतिसँग सम्बन्धित सामग्रीहरूको ओसारपसार तथा आयात प्रतिवन्धसम्बन्धी सम्झौता स्वीकृत गर्ने।
१०.जर्मनीको बर्लिनमा आयोजना हुने पर्यटन मेला अन्तर्राष्ट्रिय पर्यटन बोर्से आइबीटी बर्लिन २०२५ र फ्रान्समा आयोजना हुने ७५औँ अन्नपूर्ण दिवसमा फागुन २० गतेदेखि २४ गतेसम्म सहभागी हुन माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई स्वीकृति प्रदान गर्ने।
११.मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने ।
१२.औद्योगिक व्यवसाय (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने।
१३.विक्रम सम्वत् २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने।