राष्ट्रपति ट्रम्पद्वारा डजले बचाएको रकम मध्ये २० प्रतिशत नागरिकलाई फिर्ता गर्ने भनाई
पेन्सिल्भेनिया,अमेरिका/ राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति एलोन मस्कको निरीक्षणमा रहेको आफ्नो संघीय लागत कटौती प्रयासका लागि गठन गरिएको सरकारी दक्षता विभाग (डज) ले गरेको बचत रकम मध्ये २० प्रतिशत अमेरिकी करदाताहरूलाई फिर्ता पठाउन सकिने बताएका छन्।
‘डजको बचतको २०% अमेरिकी करदातालाई फिर्ता दिने र २०% ऋण तिर्नको लागि दिने बारेमा छलफल गरिरहेको छ।’ राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् , “हामीले डज बचतको २०% अमेरिकी नागरिकहरूलाई दिने नयाँ अवधारणा पनि विचाराधीन छ।”
ट्रम्पको भनाइ आउनु भन्दा अगाडी मस्कले यो अवधारणा ल्याएका थिए। मस्कले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा कर तिर्ने घरपरिवारहरूलाई पाँच हजार डलरको चेक पठाउने र चेकको साथ “डज लाभांश” घोषणा गर्ने सुझाव दिएको पोस्ट गरेका थिए।
राष्ट्रपति ट्रम्पले मंगलवार मात्र डजले थुप्रै फजुल खर्च पत्ता लगाएको बताएका थिए। उनले कतिपय वैदेशिक सहायतालाई ठगी भनेका थिए। गरेका थिए। त्यसमा नेपालमा गएको सहयोग पनि थियो ।
ह्वाइट हाउसले अहिलेसम्म लगभग ५५ बिलियन डलर बचत दाबी गरेको छ।