प्रधानमन्त्री स्काइ वाक टावरमा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमलादीस्थित स्काइ वाक टावरको भ्रमण र अवलोकन गरेका छन् । आज सार्वजनिक बिदाको अवसरमा प्रथम महिला राधिका शाक्यसँगै अवलोकन गरेका हुन् ।
उक्त टावरमा हरेक महिना पर्यटकका रुपमा अतिविशिष्ट र विशिष्ट व्यक्तिहरू जाने गरेका छन् । यसैबिच आज प्रधानमन्त्री ओलीले त्यहाँ पुगी टावरको उचाइमा राष्ट्रिय झन्डोत्तोलन समेत गरे ।
सो क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले टावरहरूको उपयोगिता छैन भन्ने कुरालाई गतिलो खण्डन गर्न स्काइ टावर उदाहरण भएको बताए । उनले यस्ता टावरमा ज्येष्ठ नागरिक र बालबालिकासहित पर्यटकहरूलाई फुर्सदको समयमा घुमफिर, दृश्यावलोकन र मनोरञ्जनका लागि उपयोगी साबित हुने विश्वास व्यक्त गरे ।
काठमाडौँको मध्य भागमा रहेको दुई सय ५६ फिट उचाइको सो टावर निजी क्षेत्रको लगानीमा सञ्चालनमा आएको हो ।