केयरगिभरका लागि इजराइल उडे १३ जना नेपाली
काठमाडौँ । केयरगिभरका लागि मंगलबार १३ जना नेपाली इजरायल उडेका छन् ।
वैदेशिक रोजगार विभागले प्रकाशित गरेको दोस्रो पटकको सूचनापछि छनोट भएका मध्येबाट पहिलो चरणमा १३ जना इजरायल उडेका हुन् ।
गएको असोजमा केयरगिभरका लागि एक हजार १५६ महिला र ९५६ पुरुष गरी कुल दुई हजार ११२ उम्मेदवारहरू लक्की ड्र मार्फत छनोट भएका थिए ।
उनीहरूमध्ये ९ सय १९ जनाको स्वास्थ्य परीक्षण भइसकेको विभागको इजरायल शाखाले जनाएको छ । हालसम्म दुई सयभन्दा धेरै कन्ट्याक्ट आइसकेको छ । उनीहरूलाई पनि भिसा आएपछि क्रमशः पठाइनेछ ।