सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले घटेको हो ।
मंगलबार १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी आज प्रतितोला एक हजार नौ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।