बुधबार राति देखि दक्षिण-मध्य पेन्सिलभेनियामा अत्यधिक चिसो हुने, सतर्क रहन अनुरोध

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ दक्षिण-मध्य पेन्सिल्भेनियामा बुधवार राति देखि अत्यधिक चिसो हुने भएकाले सतर्क रहन अधिकारीहरुले सचेत गराएका छन्।
बुधवार राति दश बजे देखि बिहीबार दिउँसोसम्म दक्षिण-मध्य पेन्सिलभेनियामा मौसम अपेक्षित भन्दा चिसो हुने भनिएको छ। यस्तै आइस जम्दा बाटो चिप्लो हुन सक्ने चेतावनी पनि मौषमविदले दिएका छन्।
सो समयमा मिश्रित वर्षाको अपेक्षा गरिएको छ। यस्तै १ देखि २ इन्चको बिचमा हिउँ जम्न सक्ने पनि अनुमान गरिएको छ।
जसको प्रभाव सडक चिप्लो हुने बताइएको छ। बिहीबार बिहानको यात्रालाई असर गर्न सक्ने पनि बताइएको छ ।
यो क्षेत्र ह्यारिसबर्ग र आसपास हुन। यो क्षेत्रमा नेपाली भाषीहरूको बाक्लो बसोबास छ।