प्यालेस्टिनीहरूले स्थायी रूपमा गाजा छोड्नुपर्छ, अमेरिकाले कब्जा गर्छ : ट्रम्प

वासिङटन/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनीहरुले स्थायी रूपमा गाजा छोड्न पर्ने बताएका छन्। यस्तै उनले अमेरिकाले गाजा पट्टी “कब्जा गर्नेछ” भनेका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग दिउसो ह्वाइट हाउसमा भेट पछि मंगलवार साँझ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, “अमेरिकाले गाजा पट्टी कब्जा गर्नेछ र हामी यसको साथ काम पनि गर्नेछौं,”
ट्रम्पले नेतान्याहूसँगको संयुक्त पत्रकार सम्मेलनमा अगाडि भने भने, “हामी यसको स्वामित्व लिनेछौँ र साइटमा रहेका सबै खतरनाक नपड्किएका बम र अन्य हतियारहरू भत्काउन, साइटलाई समतल पार्न र नष्ट गरिएका भवनहरू हटाउन जिम्मेवार हुनेछौँ।”
साथै ट्रम्पले गाजामा सुरक्षाका लागि अमेरिकी सेना पठाउने बारेमा सोधिएको प्रश्नमा अस्वीकार गरेनन्।
“जहाँसम्म गाजाको कुरा छ, हामी जे आवश्यक छ त्यो गर्नेछौं। यदि आवश्यक पर्यो भने, हामी त्यो गर्नेछौं। हामी त्यो टुक्रालाई कब्जा गर्नेछौं जुन हामी यसलाई विकास गर्न गइरहेका छौँ,” उनले भने।
ट्रम्प तिनै व्यक्ति हुन् जसले मध्य पूर्वमा अमेरिकाको सबैभन्दा लामो युद्धको आलोचना गरेर अमेरिकाको शक्तिशाली नेतृत्वमा पुगेका हुन्। ट्रम्पले गाजावासीहरूलाई मध्य पूर्वका एक वा बढी राष्ट्रहरूले प्रदान गरेको नयाँ स्थानमा सर्न सुझाव दिए।
“मेरो मतलब तिनीहरू त्यहाँ छन् किनभने तिनीहरूसँग कुनै विकल्प छैन। तिनीहरूसँग के छ? यो अहिले भग्नावशेषको ठूलो थुप्रो हो,” ट्रम्पले भने। उनले कोही पनि युद्धग्रस्त क्षेत्रमा बस्न चाहन्छ भन्ने कुरा विश्वास गर्न असम्भव भएको बताए।
‘त्यो ठाउँ नर्क भएको छ,” ट्रम्पले भने। गाजाको सट्टा, उनले प्यालेस्टिनीहरूलाई बस्नको लागि “राम्रो, ताजा, सुन्दर जमिनको टुक्रा” प्रदान गर्न सुझाव दिए।
ओभल अफिसमा आयोजित पत्रकार सम्मेलनमा नेतान्याहूले ट्रम्पको प्रशंसा गरे।
“मलाई लाग्छ कि राष्ट्रपति ट्रम्पले यस प्रयासमा ठूलो बल र शक्तिशाली नेतृत्व थपे,” नेतान्याहूले भने।
“हामी हेर्नेछौं के हुन्छ। हामी धेरै जटिल मानिसहरूसँग व्यवहार गरिरहेका छौँ, तर सम्झौता पूर्ण रूपमा पूरा हुन सक्छ,” नेतान्याहूसँगै भने।