पेन्सिल्भेनियाको डाउफिन काउन्टी बोर्ड : जर्ज हार्टविक बर्खास्त जस्टिन डगलस नयाँ अध्यक्ष निर्वाचित

ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ पेन्सिल्भेनियाको राजधानी रहेको ह्यारिसबर्ग शहरलाई समेट्ने डाउफिन काउन्टीले नयाँ अध्यक्ष पाएको छ।
डाउफिन काउन्टीमा नेपाली भाषी भुटानी समुदायको अत्यधिक बसोबास रहेको छ।
बुधवार बिहान भएको बैठकमा आयुक्तहरूले पूर्व डेमोक्र्याट अध्यक्ष जर्ज हार्टविकलाई बर्खास्त गर्दै अर्का डेमोक्र्याट जस्टिन डगलसलाई डाउफिन काउन्टी बोर्ड अफ कमिश्नरको अध्यक्षको रूपमा निर्वाचित गरेको हो।
हार्टविकलाई अध्यक्षबाट बर्खास्त गर्ने प्रस्ताव रिपब्लिकनका सह-कमिशनर माइक प्राइजबाट आएको थियो । हप्ताको बैठकमा प्राइजबाट आएको प्रस्तावलाई डेमोक्र्याट जस्टिन डगलसको समर्थनमा गरेका थिए।
बुधवारको सत्तापलट पछि अव बोर्ड सचिवको रूपमा काम गरेका प्राइज उपाध्यक्ष बनेका छन्।
बोर्डका सबैभन्दा लामो समय सेवा गर्ने सदस्य र बोर्ड अध्यक्ष डेमोक्र्याट जर्ज हार्टविकले प्रस्तावबाट आफू अलमल्लमा परेको बताएपछि बैठकमा आयुक्तहरू बीच केही समय तनाव देखिएको थियो।
अध्यक्षबाट बर्खास्त हार्टविकले अब सचिवको भूमिका निर्वाह गर्नेछन्। उनले आफू विचलित नहुने बताए।
“मेरो दृष्टिको, प्रयास, नतिजा वा रुचिमा कुनै परिवर्तन हुनेछैन किनभने मेरो रुचि हामीले सेवा गर्ने मानिसहरूको रुचिभन्दा सधैँ दोस्रो स्थानमा राखिन्छ। त्यसैले, मेरो दृष्टिकोणबाट, अलि अचम्मलाग्दो भए पनि, म निश्चित रूपमा समान स्तरको भिन्नता प्रदान गर्ने जनताको सेवा गर्न सक्षम हुन यहाँ छु।”
यस्तै अध्यक्षमा निर्वाचित भए पछि पत्रकारहरू सँग प्रतिक्रिया दिँदै डगलसले आफू सम्मानित महशुस गरेको बताए।
‘डाउफिन काउन्टीको लागि आयुक्त बोर्डको अध्यक्षको रूपमा सेवा गर्ने अवसर पाएकोमा म गहिरो आभारी छु।‘डगलसले भने, ‘गत वर्ष धेरै चुनौती देखिएका छन्, र प्रणालीगत परिवर्तनको लागि मेरो प्रयासहरू सधैँ व्यापक सहमतिमा पूरा भएका छैनन्, तर विशेष चासोहरू हटाउन र जनताको सेवामा पुनः केन्द्रित गर्न हामीले गरेका प्रगतिहरूमा म गर्व गर्छु।‘
उनले काउन्टी सरकार राजनीतिक विभाजन लागि नभई नागरिकहरूलाई सेवाहरूको कुशल वितरणको लागि भएको बताए। ‘हामी सबैका लागि व्यवसायको लागि खुला छौँ र थोरै मात्र होइन, धेरैको सहभागितालाई स्वागत गर्दछौँ। यो सिद्धान्तले हाम्रो कामलाई मार्गदर्शन गर्न जारी राख्छ किनकि हामी डाउफिन काउन्टीका सबै बासिन्दाहरूलाई प्रतिबिम्बित गर्ने र सेवा गर्ने सरकार निर्माण गर्ने प्रयास गर्छौँ।‘