हत्या भएको १६ बर्षपछी फरार प्रतिवादी पक्राउ
रौतहट । रौतहट प्रहरीले १६ बर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो । रौतहट प्रहरीका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक उमाशङ्कर प्रसादका अनुसार कटहरिया नगरपालिका वडा न १ बस्ने वर्ष ५२ को जितन महतो नुनियालाई पक्राउ गरिएको छ ।
प्रहरीले महतोलाई अदालतबाट जारी पक्राउ पुर्जी दिएर नियन्त्रणमा लिएको उनले बताए । पक्राउ परेका महतोले २०६५ पुष २४ गते आफनै भाइ हरिराम महतो नुनियाको श्रीमती वर्ष २२ कि शारद देवीको हत्या गरी बेपत्ता बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको उल्लेख छ ।
रौतहट प्रहरीका अनुसार घटना भएको तेस्रो दिन खेतबारीमा गाडेको अवस्थामा शव फेला परेको थियो । उक्त घटनापछि फरार रहँदै आएका नुनियालाई यही पुष १८ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ परेका नुनियालाई जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।