शेरा दरबारको जग्गाका विषयमा अनुसन्धान हुन्छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शेरा दरबारको जग्गा सम्बन्धि विषयमा गम्भिरतापूर्वक अनुसन्धान भइरहेको भन्दै कानुन बमोजिम कारवाही अगाडि बढाउने बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘गैर कानुनी ढंगले गएको फिर्ता हुन्छ तपाई सरकारलाई धन्यवाद दिन तयार भएर बस्नु’ भन्दै जवाफ दिएका हुन्
उनले भने,‘शेरा दरबारको जग्गा सम्बन्धि विषयमा गम्भिरतापूर्वक अनुसन्धान भइरहेको छ । अनुसन्धान हुन्छ । र कानुन बमोजिम कारबाही अगाडि बढ्छ । यदी त्यो जग्गा गलत ढंगले कसै व्यक्ति, कम्पनीका नाममा गएको भने त्यो फिर्ता हुन्छ ।’
गृहमन्त्रीले प्रचण्डलाई सरकारलाई धन्यवाद दिन तयार भएर बस्न पनि आग्रह गरे।
‘पूर्वप्रधानमन्त्री प्रचण्डजीले यदी गैर कानुनी ढंगले गएको छ भने त्यो फिर्ता हुनुपर्छ भन्नु भएको छ । उहाँले सरकारलाई धन्यवाद दिन तयार भएर बस्नुभएको छ । तपाई सरकारलाई धन्यवाद दिन तयार भएर बस्नु भए हुन्छ । सरकारले यसमा गर्नुपर्ने काम गर्छ । धन्यवाद लिन्छ ।’