शेरा दरबारको जग्गा प्रकरण : प्रचण्ड कारवाही भोग्न तयार

काठमाडौ/ पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरा दरबार जग्गा प्रकरणमा आफू कारवाहो भोग्न तयार रहेको बताएका छन्।
बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राज्यको जमिन व्यक्तिको नाममा गएको छ र छानबिन गर्दै जाँदा प्रचण्ड नै देखिएको छ भनेपनि उनले छानबिनको दायरामा ल्याउन आग्रह गरेका थिए ।
उनले आफूले ललिता निवासको जग्गा सरकारको नाममा फिर्ता गरे जस्तै शेरा दरबारको जग्गा पनि फिर्ता ल्याएमा सहयोगका साथै सरकारलाई धन्यवाद पनि दिने बताए ।
उनले भने,‘राज्यको र सरकारको जमिन कुनै व्यक्तिको नाममा गर्छ भने जो कोही होस् कानून बमोजिम ल्याउनुपर्छ । यदी छानबिन गर्दै जाँदा प्रचण्ड नै देखापर्यो भने त्यसलाई पनि छानविनको दायरामा ल्याउनुपर्छ ।’
प्रचण्डले सरकारलाई सहयोग गर्न आफु तयार रहेको बताए।
‘दोषीलाई कारबाही गरियोस् सरकारलाई सहयोग गर्न म तयार छु भनेकै छु । कानुन विपरित काम भएको छ भने जसरी ललिता निवासको कयौं रोपनी जग्गा सरकारको नाममा ल्याइयो त्यसरी नै शेरा दरबारको पनि भयो भने जग्गा पनि म सरकारलाई लागि सहयोग मात्र होईन् धन्यवाद पनि भन्नेछु ।’ प्रचण्डले भने।