परराष्ट्रमन्त्री डा देउवासँग युरोपियन युनियनका उच्च अधिकारीको भेट

पेन्सिल्भेनिया अमेरिका/ परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्राको भेटवार्ता भएको छ ।
बेल्जियमको ब्रसेल्समा बिहीबार भएको भेटमा नेपाल–यूरोपियन यूनियन सम्बन्ध, नेपालको आर्थिक सामाजिक क्षेत्रमा युरोपियन युनियनले पुर्याउँदै आएको सहयोग र आगामी दिनमा निरन्तर रहने साझेदारिताका बारेमा कुराकानी भएको जनाइको छ।
‘ओडे ब्रसेल्समा, मैले युरोपेली आयोगमा जलवायु, नेट शून्य र स्वच्छ वृद्धिका आयुक्त महामहिम श्री वोप्के होइक्स्ट्रासँग द्विपक्षीय भेट गरेँ।‘परराष्ट्र मन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘भेटमा नेपाल–इयु सम्बन्धका विभिन्न पक्ष, जलवायु परिवर्तन, नेपालको स्वच्छ ऊर्जाको विकास र पर्वतीय एजेन्डामा नेपालको नेतृत्वका विषयमा छलफल भएको थियो ।‘
‘मैले न्यूनीकरण र अनुकूलन प्रयासहरूको लागि कोष, प्रविधि हस्तान्तरण, र क्षमता निर्माणको लागि इयु को निरन्तर सहयोगको लागि पनि आह्वान गरेको छु।‘भेटघाटबारे उनले थप प्रस्ट्याएकी छिन्।
नेपाल र युरोपियन युनियनले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्ष मनाइरहेको छ। नेपाल र युरोपियन युनियनबिच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।