पीस ब्रिज सीमा पार क्षेत्रबाट एमएस-१३ गिरोहका सदस्य पक्राउ
पेन्सिल्भेनिया । अमेरिकाको न्यु योर्क र क्यानडाको फोर्ट एरीलाई जोड्ने प्रमुख सिमा क्षेत्रबाट १३ जना व्यक्ति पक्राउ परेका छन् । अमेरिकाको बफेलोको पीस ब्रिज सीमा पारमा भन्सार तथा सीमा सुरक्षा (सीबीपी) का अधिकारीहरूले एमएस-१३ गिरोहका सदस्यलाई पक्राउ गरेका हुन् ।
नोभेम्बर २२ मा, सीबीपीका अधिकारीहरूले २४ वर्षीय होन्डुरसका नागरिक फ्र्यांकलिन हर्नान्डेज गिरोनलाई पीस ब्रिज क्षेत्रमा रोकेका थिए। प्राथमिक जाँचको क्रममा पश्चिमी गोलार्द्ध यात्रा गर्नका लागि आवश्यक पर्ने कुनै पनि कागजात प्रस्तुत गर्न नसकेपछि उनलाई थप अनुसन्धानका लागि दोस्रो जाँच क्षेत्रमा लगिएको थियो ।
जाँचका क्रममा, अधिकारीहरूले फ्र्यांकलिन हर्नान्डेज गिरोनको पहिचान पुष्टि गरे र उनी खतरनाक एमएस-१३ गिरोहका सदस्य रहेको पत्ता लगाएका थिए।
पीस ब्रिज क्षेत्रका पोर्ट निर्देशक गाएटानो कोर्डोनले अधिकारीहरूले खतरनाक व्यक्तिहरूलाई पक्राउ गर्दै समुदायलाई सुरक्षित राख्नका लागि काम गरिरहेको बताए । एमएस १३ गिरोहक सदस्यलाई पक्राउ गरेपछि सवारी चालकलाई पनि नियन्त्रणमा लिएर अमेरिकाबाट निष्कासन प्रक्रियाका लागि अगाडि बढाइएको
एमएस-१३ (मारा सल्भात्रुचा) विश्वकै खतरनाक र हिंसात्मक आपराधिक गिरोहमध्ये एक हो। यो गिरोहको स्थापना १९८० को दशकमा एल साल्भाडोरबाट अमेरिका आएका आप्रवासीहरूद्वारा गरिएको हो। अहिले यो मध्य अमेरिका (एल साल्भाडोर, होन्डुरस, ग्वाटेमाला) र उत्तर अमेरिका (विशेषगरी अमेरिका र मेक्सिको) मा सक्रिय छ।
एमएस-१३ आफ्ना हिंसात्मक गतिविधिका लागि कुख्यात छ। यसले हत्याहरू, लागूपदार्थ तस्करी, फिरौती माग्ने, तथा अवैध हतियार कारोबारजस्ता गतिविधिमा संलग्न रहन्छ। यसमा क्लिकास भनिने साना समूहहरू छन्, जुन स्थानीयस्तरमा विभिन्न क्षेत्रमा क्रियाशील हुन्छन्। यी समूहहरूले समन्वय गरेर ठूलो आपराधिक गतिविधि सञ्चालन गर्छन्। सदस्यहरूले शरीरभरि ट्याटु बनाउने गर्छन्। ट्याटुमा “एमएस-१३,” “मारा सालभाट्रुच,” र अन्य सांस्कृतिक तथा धार्मिक प्रतीकहरू हुने गर्छन्।
एमएस-१३ का कारण मध्य अमेरिका र अमेरिका दुवै देशमा सुरक्षा चुनौती बढेको छ। विभिन्न देशले एमएस-१३ विरुद्ध कडा अभियान सञ्चालन गरेका छन्। एल साल्भाडोर सरकारले गिरोहका सदस्यहरूलाई नियन्त्रणमा लिन ठूला अभियानहरू सञ्चालन गर्दै आएको छ ।