यू-१९ एसिया कपमा नेपाल पराजित
काठमाडौं । एसिसी यु–१९ एसिया कपको पहिलो खेलमा नेपाल पराजित भएको छ । श्रीलंकासँग नेपाल ५५ रनले पराजित भएको हो ।
श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा सबै विकेट गुमाउँदै १७८ रनमा समेटिन पुग्यो ।
नेपालका मयन यादवले सर्वाधिक ६२ रन बनाए पनि हार टार्न भने सकेनन् । उनले ९१ बल खेल्दा तीन चौका र दुई छक्का हिर्काए । उनीबाहेक नेपालमा आकाश त्रिपाठी १९, उत्तम रंगु थापामगर १७ र नरेन साउद १६ रनमा पभेलियन फर्किए ।
श्रीलंकाका प्रभिन मनिषले सर्वाधिक तीन विकेट लिएका थिए ।
टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो ।
श्रीलंकाका शरुजन षणमुगनाथनले सर्वाधिक ६२ रन बनाउँदा लकविन अबेसिंघे ५० रन जोडेका थिए ।
नेपालका सन्तोष यादवले सर्वाधिक चार विकेट लिएका थिए भने युवराज खत्रीले दुई र नरेन साउदले एक विकेट हात पारे ।