जीवनरामले ओलम्पिकको विधान संशोधन गर्न खोजेपछि उपाध्यक्ष शुनिलको विरोध

काठमाडौं । काठमाडौं। नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल फेन्सिङ संघका अध्यक्ष शुनिल कुमार श्रेष्ठले हालै कमिटीमा देखिएका गतिविधिप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। लामो समयदेखि नेपाली खेलकुद व्यवस्थापन र ओलम्पिक अभियानमा सक्रिय उनीले लोकतान्त्रिक पद्धतिबाट नेतृत्व हस्तान्तरण गर्ने प्रक्रियामा अवरोध पुग्ने गरी भएका क्रियाकलापप्रति चिन्ता व्यक्त गरेका हुन्।
नेपाल ओलम्पिक कमिटीको आसन्न निर्वाचनलाई लक्षित गर्दै वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठले विधान संशाेधन गरेर फेरि अध्यक्ष हुन प्रयास गरिरहेका बेला उपाध्यक्ष सुनील श्रेष्ठले कमिटीले चुनावअघि विधान संशोधन गर्दै एउटै व्यक्तिलाई अनिश्चितकालसम्म नेतृत्वमा रहन दिने प्रावधान ल्याउने निर्णयप्रति आपत्ति जनाएका हुन् । “यस्ता क्रियाकलापले खेलकुदको नेतृत्व हस्तान्तरण प्रक्रियालाई अवरुद्ध गर्दै खेलकुदलाई गतिशील बनाउने अभियानमा गम्भीर धक्का पुर्याउँछ,” उनले भने।
महासचिव र अध्यक्षको पदका लागि दुई कार्यकालको सीमा निर्धारण गर्ने व्यवस्था आफ्नो प्रयासबाट सम्भव भएको स्मरण गर्दै, हाल भइरहेको विधान संशोधन व्यक्ति केन्द्रित स्वार्थले प्रेरित भएको श्रेष्ठले बताए । उनले नेपाली खेलकुदलाई दुर्घटनाबाट बचाउन ओलम्पिक अभियानमा जोडिएका सबैलाई व्यक्ति केन्द्रित विधान संशोधनको विपक्षमा उभिन र नेपाली खेलकुदको हितमा एकजुट हुन आह्वान गरेका छन्।
उनले भने, “विधान संशोधनको यो गलत अभ्यासले खेलकुद क्षेत्रलाई थप दुर्घटनातर्फ धकेल्ने देखिन्छ। नेपाली खेलकुदलाई माया गर्ने सबै पक्षले यसबारे गम्भीर भएर सोच्नुपर्छ।”
उनले पारदर्शिता, संघहरूको स्वायत्तता, र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यमा सबैलाई गोलबद्ध हुन आग्रह गरे।नेपाली खेलकुदको भविष्य र नेतृत्व व्यवस्थापनमा पारदर्शिताका लागि पहल गर्न आह्वानखेलकुदप्रति समर्पित सबै पक्षको साथ र समर्थनले मात्र यो अभियानलाई सफल बनाउन सकिने उनको विश्वास छ। “नेपाली खेलकुदको विकासका लागि हामी सबैले सहकार्य र पारदर्शिताको बाटो रोज्नुपर्छ,” उनले भने।
ओलम्पिक कमिटीलाई साधारणसभा रोक्न राखेपको पत्र
December 2, 2024 @ 11:32 am
[…] शुनिलको विरोध […]