एनआरएनए र नेपाल सरकारको संयुक्त लगानीको कम्पनीले शेयर जारी गर्न पाउने
काठमाडौं । नेपाल सरकार र गैर आवासीय नेपाली (एनआरएन)को संयुक्त लगानीमा बन्ने इन्भेस्टमेन्ट कम्पनीहरूले अब शेयर निष्कासन गर्न पाउने भएका छन्।
धितोपत्र बोर्डले जारी गरेको धितोपत्र निष्कासन तथा बाँडफाँड (आठौं संशोधन) निर्देशिका, २०८१ मा एनआरएनको विषयमा स्पष्टसँग उल्लेख गरेको छ । निर्देशिकाले यस्ता कम्पनीहरूलाई शेयर निष्कासनका लागि आवश्यक कानूनी प्रक्रिया र शर्तहरू निर्धारण गरेको छ ।
निष्कासन गरिने शेयरहरू गैर आवासीय नेपालीले मात्र खरिद गर्न पाउनेछन्। शेयर खरिदका लागि आवेदकले आफ्नो नाममा गैर आवासीय नेपालीको नेपाली रुपैयाँको बैंक खाता खोल्नुपर्नेछ। यससँगै आवेदन दिँदा नागरिकता, राहदानी, स्थायी आवासीय अनुमतिपत्र वा गैर आवासीय नेपाली परिचयपत्र पेश गर्नुपर्नेछ।
शेयर आवेदनको प्रक्रिया विद्युतीय माध्यमबाट पनि सम्पन्न गर्न सकिने व्यवस्था गरिएको छ। यसका लागि आश्वा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले सहजीकरण गर्नेछन्।
के छ त व्यवस्था ?