प्रधानमन्त्री ओली र एलन मस्कबीच भर्चुअल वार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खर्बपति व्यवसायी तथा सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कसँग वार्ता गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत मस्कसँग कुराकानी भइरहेको तस्वीर सार्वजनिक गरेका हुन् ।
भारतमा स्याटलाइट इन्टरनेट सेवासम्बन्धी काम गर्न सुरु गरेका मस्कले नेपालमा पनि काम गर्न चाहेको सार्वजनिक भएको थियो ।
मस्क अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वास पात्र हुन् । उनलाई ट्रम्पले सरकारी खर्च कटौती सम्बन्धी बिभागको जिम्मा दिएका छन् ।
उनैका लागि ट्रम्पले त्यो विभाग बनाएका हुन् ।