एनआरएनए उच्चस्तरीय समितिको बैठक गर्न जाँदा कार्यालय बन्द
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउने जिम्मा पाएका पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका समितिका संयोजक शेष घलेले मंगलबार पहिलो बैठक आह्वान गरेका थिए ।
बालुवाटारस्थित एनआरएनएको सचिवालयमा बैठक आह्वान गरिएको थियो । दिउँसो ३ बजेका लागि निर्धारित बैठक बस्न घले सहित पुगेका थिए । तर, सचिवालयबाट काम गरिरहेको डा. बद्री केसी समूहले भने कार्यालय बन्द गरेको छ ।
लामोसमय पछि एनआरएनए सचिवालय पूर्व अध्यक्ष घलेले कार्यालय बन्द हुनु गलत भएको बताएका छन् ।
मंगलबार उच्चस्तरीय समितिको बैठकका लागि उनी कार्यालयमा पुगेपनि कार्यालय बन्द गरेर बद्री केसी पक्ष रणनीतिक बैठकको नाममा राजधानीकै एक होटेलमा पुगेका जनाइएको छ ।
‘एनआरएनएलाई मिलाएर लैजाउँला भन्ने आशाका साथ बैठक बोलाइएको थियो । यो नसोचेको भयो’, घलेले बालुवाटारस्थित कार्यालय परिसरमा सञ्चारकर्मीसँग भनेका छन् । अर्को ठाउँमा बसेर भए पनि आजको बैठकमा एकताको महाधिवेशनको मिति तोक्नेबारे छलफल हुने र सोहीअनुसार निष्कर्ष निकालेर अघि बढिने बताए ।
यस्तै समितिकी सदस्य रविना थापाले पनि ८० लाख गैरआवासीय नेपालीको साझा भवन बन्द गरिनु गलत भएको बताइन् । घलेले बोलाएको बैठक अहिले बालुवाटारमै रहेको नेपाल हाउसमा सुरु भएको विनोद कुँवरले जानकारी दिए ।
सर्वोच्चले उक्त उच्चस्तरीय समितिमा कुँवर नेतृत्वको समितिको अध्यक्ष, उपाध्यक्ष र महासचिव क्रमशः कुवँर, उमेश कुमार पुडासैनी र जानकी गुरुङ तथा अर्को समितिका अध्यक्षत्रय आचार्य, केसी र थापासमेत जम्मा ६ जना सदस्य थप गर्न समेत निर्देशन दिएको छ ।
जेठ भित्र एनआरएनएको महाधिवेशन गर्ने निर्णय, केसी र भट्ट अनुपस्थित
November 19, 2024 @ 7:41 am
[…] कार्यालय बन्द […]