न्यु योर्कमा सम्पन्न कराते च्याम्पियनसिपमा ट्रान्स अमेरिकन ल्यानक्यास्टरलाई १६ पदक
|
Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ न्यु योर्कको ब्रुकलिनमा गत आइतबार (नोभेम्बर १० तारिख) सम्पन्न फिका युएसए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा ट्रान्स अमेरिकन ल्यानक्यास्टरले ८ स्वर्ण सहित १६ पदक जितेको छ।
ट्रान्स अमेरिकन एसोसिएसन अफ सितोरियो कराते डो ल्यानक्यास्टर पेन्सिल्भेनियाका प्रमुख प्रशिक्षक तिलाचन धिमालका अनुसार १७ खेलाडीले च्याम्पियनसिपमा भाग लिएकोमा ११ खेलाडी पदक जित्न सफल भए छन्।
ल्यानक्यास्टरका खेलाडीले आठ स्वर्ण, तीन रजत र पाँच कास्य पदक जितेका हुन्। जसमा तीन जनाले दुई दुई स्वर्ण पदक जितेका छन्।
समीरन धिमाल, जुबिन ढकाल र जेसिका ढकालले च्याम्पियनसिपमा दुई दुई स्वर्ण पदक जितेका छन्। समीरनले ब्वाइज १२-१३ वर्ष उमेर समूहमा काता र कुमुते दुवै तर्फ स्वर्ण जिते।
यस्तै जेसिकाले गर्ल्स १४-१५ वर्ष उमेर समूहमा काता तथा कुमुते दुवै तर्फ स्वर्ण जितिन। जुबिनले ब्वाइज ६-७ वर्ष उमेर समूहमा काता र कुमुते दुबैमा स्वर्ण जिते।
यस्तै गर्ल्स १२ देखि १३ वर्ष उमेर समूहमा आयुषा चापागाईँले स्वर्ण जितिन्। सोही उमेर समूहको ब्वाइज तर्फ निरजन धिमालले कुमुतेमा स्वर्ण जिते। उनी कातामा भने कांस्यमा रोकिए।
गर्ल्स १२-१३ उमेर समूहमा अलिशा घिमिरेले रजत पदक जितिन्। गर्ल्स १२ देखि १३ वर्ष उमेर समूहमा अलिशा बस्नेतले कांस्य पदक पाइन।
गर्ल्स १०-११ वर्ष उमेर समूहमा जेनिशा ढकालले कांस्य पदक पाइन। गर्ल्स ८-९ वर्ष उमेर समूहमा जेनिशा धिमालले कांस्य पदक जितिन्। सोही उमेर समूहको ब्वाइजमा शिमोन घिमिरेले कातामा पदक जिते।
ब्वाइज १२-१३ उमेर समूहमा ऋषव घिमिरेले कांस्य पदक जिते। ट्रान्स अमेरिकन ल्यानक्यास्टरबाट जोन धिमाल, सृष्टि धिमाल, प्रेयल धिमाल, क्रिसा घिमिरे, अंशुमान तामाङ र दिशानी उप्रेतीले पनि सहभागिता जनाएका थिए।













