गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधन भएको छ ।
६३ वर्षको उमेरमा गौचनको काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले जानकारी दिए ।
उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चयन भएकी थिइन् ।
उनको शव ग्रण्डी अस्पतालमै राखिएको र उनका छोरा अमेरिकाबाट काठमाडौं आएपछि अन्त्यष्टि गरिने परिवारजनले जनाएको छ ।