‘घिमिरे होम्स’ अब आफ्नै घरमा
मेरिल्याण्ड,अमेरिका/ झन्डै दुई दशक देखि हजारौँलाई ‘घर’ को व्यवस्था गर्दै आएको ‘घिमिरे होम्स’ अब आफ्नै घरमा सरेको छ। ‘घिमिरे होम्स’ शुक्रवार मेरिल्यान्डको नटिङ्घममा (9423 Belair Road, Nottingham, MD 21236) आफ्नै घरमा सरेको हो।
‘घिमिरे होम्स’ अमेरिकामा नेपालीले सञ्चालन गरेको पहिलो र संभवत अहिले सम्मकै ठुलो रियल स्टेट कम्पनी हो।
घिमिरे होम्सका ब्रोकर/सीईओ क्रिस घिमिरे हुन्। उनी नेपालमा म्याग्दीका हुन र सन् १९९८ मा अमेरिका आएका हुन्। सन् २००५ मा घिमिरे इन्टरनेशनल मोर्टगेज कम्पनी शुरु गरेका क्रिसले २०१७ मा घिमिरे होम्स ब्रोकरेज सञ्चालनमा ल्याएका थिए।
‘घिमिरे होम्स’ ले अहिले सम्म दुई हजार भन्दा बढी परिवारलाई ‘घर’ किनबेच गरिदिएको सीईओ क्रिसको भनाइ छ। ७५ जना रियल इस्टेट एजेन्टहरू रहेको घिमिरे होम्सले मेरिल्याण्ड, भर्जिनिया र पेन्सिल्भेनियामा कारोबार गर्दै आएको छ।
शुक्रवार आयोजित विषेश कार्यक्रममा क्रिस र उनकी श्रीमती हेलन घिमिरेले संयुक्त रूपमा रिबन काटेर घिमिरे होम्सको नयाँ कार्यालय भवनको शुभारम्भ गरे।
‘यो कार्यक्रम घिमिरे होम्सका लागि महत्त्वपूर्ण कोसे ढुङ्गा हो, किनकि हामीले हाम्रो समुदायमा दुई हजार भन्दा बढी परिवारलाई सेवा गरेकोमा गर्वका साथ मनाउँछौँ। ‘क्रिसले भने, ‘ब्रोकरेजको रूपमा हाम्रो आठौँ वर्षमा र घर जग्गा सेवाहरू प्रदान गर्दै १९ वर्षमा देखि हामी निरन्तर सेवामा छौ।
कार्यक्रममा मेरिल्यान्डका (सांसद) डेलिगेटहरु कार्ल ज्याक्सन, रायन नारोकी र क्याथी स्जेलिगा तथा काउन्सिलमान जुलियन जोन्स र डेभिड मार्क्सको पनि उपस्थिति रहेको थियो। यसै गरी नेपाली समुदायका संघ संस्थाका प्रतिनिधिहरूको पनि बाक्लो उपस्थिति रहेको थियो।
“हामी नयाँ कार्यालयमा सरेकोमा खुसी मात्र मनाउँदै छैनौ, हामीले हाम्रो समुदायसँग निर्माण गरेको सम्बन्ध मनाउँदैछौं। यो विश्वास, कडा परिश्रम र साझा दृष्टिकोणबाट बनाइएको सम्बन्ध हो।” कार्यक्रम पछि क्रिस घिमिरे भने।
घिमिरे होम्सले अघिल्लो वर्ष ग्रेटर बाल्टिमोर बोर्ड अफ रियल्टर्स जितेको थियो। यो सबैभन्दा पुरानो घर जग्गा संघ द्वारा प्रदान गरिने सामुदायिक सेवा पुरस्कार हो।
बाल्टिमोर रियल प्रोड्युसर्स (बीआरपी) द्वारा “वर्ड च्यालेन्जर” को रूपमा घिमिरे होम्स सम्मानित भएको हो। घिमिरे होम्सले सेन्टर मेरिल्यान्डमा १२ हजार भन्दा बढी एजेन्टहरूको शीर्ष पाँच प्रतिशत प्रतिनिधित्व गर्दछ।