न्यु योर्क ओपनमा आईएमए निहोन करातेलाई १४ पदक
न्यु योर्क/ न्यु योर्क ओपन करातेमा आईएमए निहोन करातेले १४ पदक जितेको छ।
बक्स्टर कराते डोको आयोजनामा लिङ्कन हाईस्कूल योङ्कर्सको जिम्नेजियम हलमा आइतबार भएको च्याम्पियनसिपमा आईएमए निहोन करातेका खेलाडीले पाँच स्वर्ण सहित १४ पदक जितेका हुन्।
वार्षिक रूपमा आयोजना हुँदै आएको प्रतियोगितामा तीन सय ८० बढी खेलाडीहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा आईएमए निहोन कराते डो को १३ जना खेलाडीहरूले सहभागिता जनाएका थिए।
जसमा पाँच स्वर्ण, दुई रजत र ७ काश्य पदक जित्न सफल भए।
विभिन्न उमेर समूहमा भाग लिएका खेलाडीमध्ये लोजिना नेम्वाङ र झोउ डोंङले काता तथा कुमिते दुबैमा दुई दुई स्वर्ण जिते ।
यस्तै इजिता मल्लले कातामा १ स्वर्ण हासिल गरेका छन् । पल्सी गुर्माचन र जाङ्गमू तामाङले
व्यक्तिगत कुमिते तथा कातामा क्रमशः रजत र काश्य पदक जीते भने रेयाना गोसालाले काता
तथा कुमिते दुबैमा काश्य पदक प्राप्त गरेका छन् । यस्तै मिनातो ओशिमाले कातामा काश्य पदक जीते भने व्यक्तिगत कुमितेंमा शावन शेरपूंज़ा मगर र एडीन सिरिकोविकले काश्य पदक जितेका छन् ।
प्रतियोगितामा अमेरिकाको अन्य राज्यहरू बाट ३८० जना बढी खेलाडीहरूले सहभागिता जनाएको थियो
भने प्रतियोगिता बिहान ९-६ बजेसम्म ६ वटा तीतामामा ३० जना बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रीहरुले सम्पन्न गरेका थिए। उक्त प्रतियोगितामा रेफ्री तथा जजमा अन्तर्राष्ट्रिय रेफ्री शान्त थोकर र कोचमा समीर थोकर , मेलिन हुई र यूसेई ओशि लगायत रहेका थिए।