जुम्लामा १६ करोड बढीका भेडा तथा खसी बोकाको कारोबार

काठमाडौैं। जुम्लामा यस वर्ष दसैँको समयमा मात्रै १६ करोड रुपैयाँभन्दा बढीका भेडा तथा खसीबोकाको कारोबार भएको छ। दसैँलाई लक्षित गर्दै जुम्ला र आसपासका जिल्लाबाट ठूलो मात्रामा खसी, बोका, र भेडाको बिक्री भएको हो।
जिल्ला पशु सेवा कार्यालयका अनुसार यो वर्ष दसैँको लागि करिब ३० हजार भेडा तथा खसीबोकाको कारोबार भएको छ। जुम्लाबाट कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा पशु ढुवानी गरिएको छ भने अन्य शहरहरूमा पनि ठूलो मात्रामा खसीबोका पठाइएको छ।
व्यापारीहरूले स्थानीयस्तरमै चरिएका र पालनपोषण गरिएका खसीबोकाको माग उच्च रहेको जनाएका छन्। दसैँको बेलामा खसीबोका तथा भेडाको मासु परम्परागत रूपमा उच्च प्राथमिकतामा पर्छ, जसले गर्दा व्यापारीहरूले राम्रो आम्दानी गर्न सफल भएका छन्।
यो वर्ष खसीबोका र भेडाको मूल्यमा सामान्य वृद्धि भएको भए पनि मागमा कुनै कमी आएको छैन।