प्रमोद र अन्जुले नचाए ल्यानक्यास्टरका दर्शक, अर्को पटक ब्यान्ड सहित आउने प्रमोदको बाचा

ल्यानक्यास्टर,पेन्सिल्भेनिया/ गायक प्रमोद खरेल र गायिका अमेरिकाको पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टरमा प्रस्तुति दिएका छन्।
ड्रिम सपोर्टस फाउन्डेसनले आइतबार लिटिजमा आयोजना गरेको दशै तिहार धमाका कार्यक्रममा नेपालका प्रसिद्ध गायक प्रमोद र अन्जुले प्रस्तुति दिएका हुन्।
कार्यक्रममा दुवै जनाले आफ्ना नयाँ तथा पुराना गीत गाएका थिए। प्रमोदले ए झुम्मा… बाट गायन शुरु गरेका थिए।
प्रमोदको प्रस्तुतिमा शुरु देखि नै दर्शक झुमेका थिए। प्रमोद सँग दर्शकले सँग सँगै गीत गाउने र नाच्ने गरेका थिए।
आधा घण्टा भन्दा धेरै प्रस्तुति दिएका प्रमोद ‘म बिना पोखरामा…’ भन्ने गीतका लागि दर्शकले पटक पटक अनुरोध गरेका थिए।
यसै गरी सुरिलो स्वरकी धनी अन्जुले गाउँदा पनि दर्शक नाचेका देखिन्थे।
प्रमोद साङ्गीतिक भ्रमणका लागि तीन दिन अगाडि मात्र अमेरिका आएका हुन्। उनले यस अगाडि भर्जिनियामा प्रस्तुति दिएका थिए।
प्रमोदले आफूले निन्द्रामा नै दुई कन्सर्टमा प्रस्तुति दिएको तर अब भने थकान मेटिएको बताए। उनले निकट भविष्यमा नै आफूले ब्यान्ड सहित प्रस्तुति दिने योजना बनाएको बताए।
विशाल ढुङ्गानाले उद्घोषण गरेको कार्यक्रममा स्थानीय कलकारले पनि गीत तथा नृत्य प्रस्तुत गरेका थिए।
यसै बिच ड्रिम सपोर्ट फाउन्डेसनका संस्थापक तथा सिइओ प्रेम बरालले दशैं तिहार कार्यक्रममा उपस्थित भई सहयोग गर्नुहुने सबैलाई हामी हार्दिक धन्यवाद दिएका छन्।
फाउन्डेसनले पछिल्ला केही वर्ष देखि दशै तिहारको अवसर पारेर हरेक वर्ष साङ्गीतिक कार्यक्रम आयोजना गर्दै आएको छ। रोचक कुरा हरेक पटकको कार्यक्रममा दर्शकका लागि निःशुल्क प्रवेश दिइँदै आइएको छ।
‘कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन तपाईँहरूको उपस्थिति र उत्साहले महत्त्वपूर्ण भूमिका खेलेको छ ।’ कार्यक्रम पछि बरालले सामाजिक सञ्चालनमा लेखेका छन्, ‘हामी कार्यक्रम भरि ऊर्जा र संलग्नता देखेर रोमाञ्चित भयौँ, र यो तपाईँको सहभागिता हो जसले यसलाई विशेष बनायो।’
बरालले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने घोषणा समेत गरेका छन्।
‘तपाईँको समर्थनको लागि धन्यवाद, हामी यो घोषणा गर्न उत्साहित छौँ कि हामी भविष्यमा यस प्रकारको कार्यक्रम पुनः आयोजना गर्न सक्षम हुनेछौँ। हामी तपाईँलाई थप समृद्ध अनुभवहरू र जडान गर्न, सिक्ने र सँगै बढ्नको लागि अवसरहरू ल्याउन तत्पर छौँ।’ बरालले लेखेका छन्।
कार्यक्रममा थप तस्बिरहरु…