टेक्ससमा मोमो फेस्टिभलको २०२४ को तयारी भव्य
टेक्सस,अमेरिका/ दशै-तिहारको उपलक्ष्यमा हरेक वर्ष आयोजना हुने मोमो फेस्टिभलको तयारी तीव्र र भव्य पारिएको छ।
यो महोत्सवमा गत वर्ष १५ हजार दर्शक माझ गायक प्रकाश सपुत र राजु लामा लगायतको प्रस्तुति रहेको थियो। यस वर्ष १९७४ ए डी मा फिरोज स्याङ्ग्देन र ‘द बिट्स’ ब्यान्ड, प्रमोद खरेल, अन्जु पन्त लगायतका कलाकारको प्रस्तुति रहनेछ। त्यस्तै, गत वर्ष आएर एकदमै रुचाइएका बिबिसी मास्टर सेफ सन्तोष शाह यो वर्ष पुनः आउने भएका छन्।
फेस्टिभल मा झन्डै पचास ओटा ‘स्टल’ रहनेछन्, जस मध्य आधा जति खाना र ‘ड्रिंक्स’ का ‘स्टल’ हरू रहनेछन्। मास्टर सेफ सन्तोष शाहले पनि आफ्नो ‘स्टल’ बाट भिन्न प्रकारको नेपाली खाना पस्कने छन्।
कार्यक्रम यही नोभेम्बर महिनाको दुई तारिखमा, पुरानै ठाउँ, ‘लेभिट पेभिलियन’ आर्लिंगटन टेक्ससमा दिउसो दुई बजे देखि रति ९ बजे सम्म हुनेछ। कार्यक्रममा, दुई दर्जन ‘स्टल’ हरू बाट मोमो लगायत विभिन्न नेपाली परिकारहरू, ‘अल्कोहलीक’ र ‘नन-अल्कोहलीक’ पेयहरू किनेर खान पाइने छ।
दिउसो दुई बजे देखि नै निरन्तर स्थानीय र नाम चलेका कलाकारहरू को साङ्गीतिक प्रस्तुतिहरू चली रहनेछन्। अनि बच्चा देखि बुढा सबैको लागि दिन भरि नै विभिन्न खेल तथा मनोरञ्जनात्मक क्रियाकलाप हुनेछन्। सानो चिडियाखाना, घोडा चढ्ने, मोमो खाने प्रतियोगिता, फोटोबुथ, डाइनोसार, आइरन म्यान, मिकी माउस, स्टिल्ट वाकर लगायत विभिन्न रमाइलो दिन भरि चली रहनेछ। यो वर्ष २० हजार जना सम्म आउन सक्ने कार्यक्रम आयोजक “मोमो टु गो’ को विश्वास छ।
कार्यक्रममा आउन ११ वर्ष वा माथिका ले अनिवार्य टिकेट लिनु पर्ने छ। टिकेट मोमो फेस्टिभलको आधिकारिक वेबसाइट www.MoMoFestivals.com बाट लिनु पर्ने छ। दुई हप्ता अघि सम्म टिकेट निःशुल्क उपलब्ध थियो, र अहिले प्रति टिकेट १० डलर राखिएको छ। अहिले सम्म झन्डै साढे छ हजारले टिकेट लिई सकेको आयोजकको भनाई छ।
फाइल फोटो