ह्यारिसबर्गमा श्रीधरको लोकार्पण, अनेसास पीए समन्वय समिति घोषणा
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ श्री पोखरेलको लघुकथा श्रीधरको अमेरिकाको पेन्सिल्भेनिया स्थित ह्यारिसबर्गमा शनिवार विमोचन गरिएको छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पेन्सिल्भेनियाले श्रीधर लोकार्पणको व्यवस्था गरेको हो।
स्थानीय व्यवसायी दीपक जङ्ग विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार सिता पाण्डे लगायतले श्रीधरको लोकार्पण गरेका थिए।
त्रिवेणी साहित्य मञ्चका संस्थापक अध्यक्ष, नेपाली शिक्षा कार्यक्रम ह्यारिस्वर्गका निर्देशक नवीन शर्मा भट्टराइले सञ्चालन गरेको कार्यक्रममा श्रीधरका सर्जक श्री प्रसाद पोखरेलले अमेरिकामा आफ्नो कृति लोकार्पण हुनु पाएकोमा खुसी व्यक्त गरे।
यस्तै नेपाली एसोसिएसन इन पेन्सिल्भेनियाकी अध्यक्ष अर्चना शर्मा, हिन्दु धर्म तथा सांस्कृतिक संगठन (ओएचआरसी) का अध्यक्ष प्रेम खनाल, त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशव वैरागी माइलो, भुट्नीज कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच) का पूर्व अध्यक्ष विनय लुइँटेल र इन्ट्रा फाउन्डेसनका सिइयो चुँडामणी भट्टराईले कार्यक्रममा आ आफ्नो धारणा राखेका थिए।
वरिष्ठ पत्रकार तथा लेखक भक्त घिमिरेले पुस्तकको समीक्षा गरेका थिए।
भाषा परिषद् भुटानका पूर्व संयोजक बिष्णु लुइँटेल, कवयित्री तथा बेलबारी नगरपालिकाकी पूर्व उपमेयर
तारा पराजुली लगायतले पनि श्रीधरका कथा वाचन गरेका थिए।
भरत के० श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा ल्यानक्यास्टरका दिपशिका घिमिरे, दिव्या घिमिरे र आयुशा चापागाईँले स्वागत नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले, संस्कृत विश्वविद्यालय दाङ, उपकुलपति प्रा० डा० भीम खतिवडाको रेकर्डीङ्ग शुभ कामना सुनाइएको थियो।
यस्तै साहित्यकार पातलो अन्तरे, विश्व भुटानी साहित्य संगठन, उपाध्यक्ष, स्वीकारोक्ति फाउन्डेसनका एक अभियन्ता आभास रिखाम मगरले लघुकथा वाचन गरेका थिए।
यस्तै क्रियामण फाउन्डेसनका सिइओ भरत तिम्सिनाले लघुकथा वाचन गरेका थिए, भने साहित्यकार त्रिविक्रम न्यौपानेले गजल वाचन गरेका थिए।
कार्यक्रममा कान्तिपुर दैनिकका संस्थापक सम्पादक योगेश उपाध्याय, गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिका अन्तर्गत पेन्सिल्भेनिया च्याप्टरका उपाध्यक्ष अभिषेक थापा लगायतको पनि उपस्थिति रहेको थियो।
अनेसास पेन्सिल्भेनिया समन्वय समिति: घोषित
श्रीधर लोकार्पण कार्यक्रममा अनेसास पेन्सिल्भेनिया समन्वय समिति घोषणा गरिएको छ। वरिष्ठ साहित्यकार गणकीपुत्रले अनेसास पिए घोषणा गरेका हुन्।
नवीन शर्मा भट्टराईको संयोजकत्वमा घोषित समितिले यथाशक्य निर्वाचन मार्फत कार्यसमिति बनाउने जनाइएको छ।
उक्त समितिले पेन्सिलभेनिया राज्यभरि छरिएर रहेका नेपाली भाषा तथा साहित्यप्रति रुचि राख्ने सदस्यहरूलाई एकजुट गरी आगामी मे महिनासम्ममा चुनावद्वारा कार्यकारी समिति गठन गर्ने उद्देश्य राखेको विषयमा समन्वय कर्ता कवि गण्डकीपुत्र र नवीन शर्मा भट्टराइले स्पष्ट पारे।
अनेसास पेन्सिल्भेनिया समन्वय समिति:
१. नवीन शर्मा भट्टराई
२. दिपकजंग विश्वकर्मा
३. विष्णु लुइँटेल
४. अभिषेक थापा
५. भरत के० श्रेष्ठ
६. गुन्जन उपाध्याय
७. विष्णु निरौला
८. सरिता सुनुवार
९. फुर्वा लामा
१०. त्रिविक्रम न्यौपाने
११. खेम संगरौला
१२. रेनु न्यौपाने
१३. रानी खरेई