ल्यानक्यास्टरमा बनाइयो दशैं घर,राखियो जमरा,दश तारिख वितरण

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ वडा दशैंको पहिलो दिन बिहीबार अमेरिकाको पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टरमा दशै घर बनाइ जमरा राखिएको छ।
वैदिक सनातन कीर्तन समाज, भुटनीज कम्युनिटी डेभलमेन्ट ल्यानक्यास्टर (बीसीडी) र ल्यानक्यास्टर समाजले फ्रुटभिल पाइक (1361 Fruitville Pike Lancaster,PA 17601) दशै घर स्थापना गरी जमरा राख्ने व्यवस्था गरेका हुन्।
बीसीडीका पूर्व सचिव ओम घिमिरेका अनुसार अब देखि हरेक दिन बिहान साँझ दुर्गा पूजा र आरती हुने छ।
यस्तै प्रसादी र जमरा वितरण १० तारिखमा हुने छ।
‘यो ल्यानक्यास्टरबासी दशैं मान्ने समुदायको साझा दशैं घर हो, हामीले सम्पूर्ण ल्यानक्यास्टरबासीका लागि जमरा राखेका हौ, हरेक बिहान हुने दुर्गा पूजा र साँझ हुने आरतीमा जो कोही पनि सहभागी हुन सक्नु हुने छ।’बीसीडी पूर्व सचिव घिमिरेले समाज टाइम्स सँग भने,’अक्टोबर १० तारिख प्रसादी र जमरा वितरणको कार्यक्रम छ ११ तारिख पनि यो जारी रहन्छ।’
घिमिरेका अनुसार डेगनाथ तिम्सिना, डिल्ली तिम्सिना हेम धिताल नन्द लाल नेपाल लगायतका गुरु पुरोहितद्वारा हरेक दिन दुर्गा कवच वाचन भइरहेको छ।
घिमिरेले हरेक दिनको दुर्गा पूजा र दुर्गा कवच वाचन स्रवणमा सबैलाई निम्तो समेत दिएका छन्।