अमेरिकाको पेन्सिल्भेनियाका नेपाली भाषी समुदायमा तेक्वान्दोका पथप्रदर्शक
ल्यानक्यास्टर,पेन्सिल्भेनिया/ भगवानले त आँट म पुर्याउछु भन्छन् रे, अहिले नकुल शर्माको जीवनमा त्यो उखान लागु भएको छ।
जीवनको ऊर्जाशील समय पूर्वी नेपालको भुटानी शरणार्थी शिविरमा बिताएका शर्मा अहिले अमेरिकाको पेन्सिल्भेनियामा नेपाली भाषीका बिच तेक्वान्दो खेलको पथप्रदर्शक हुन्।
अन्योल पूर्ण अवस्थामा शर्माले खनेको बाटोमा अहिले यही समुदायका आधा दर्जन बढीले भविष्य देखेका छन्।
सन् २०१३ मा अमेरिका आएका शर्माले पाँच वर्ष भित्र पेन्सिल्भेनियाको ह्यारिसबर्गमा तेक्वान्दो स्कुल खोले। ‘हिमालयन तेक्वान्दो ह्यारिसबर्ग’ मा उनले नयाँ मात्र होइन तेक्वान्दो भुल्न खोजिरहेकाहरूलाई पनि जोडे। अनि यो खेलमा यसमा भविष्य छ भन्ने बनाए।
नेपालमा तेक्वान्दोको ब्ल्याक बेल्ट लिए पनि अमेरिका आए पछि गुमनाम भएका कयौँलाई शर्माले खेलमा फर्काए, पुन तेक्वान्दो सिकाए र स्कुल नै खोल्न सक्षम हुने बनाए।
अझ भनौँ न् हौसला दिए, घण्टा हान्ने मात्र होइन आफ्नै क्षेत्रको इलम गर्नु पर्छ भन्ने उत्प्रेरणा दिइनै रहे।
शर्माले तेक्वान्दो स्कुल सञ्चालन गरेको ६ वर्ष भित्र नै ह्यारिसबर्ग आसपासमा आधा दर्शन भन्दा बढी नेपाली भाषीका तेक्वान्दो स्कुल खुलेका छन्।
शर्माले त्यो बेलामा गरेको आँटले दर्जनौँ नेपाली भाषीलाई खेलकुद क्षेत्रमा व्यवसाय दिएको छ, रोजगारी दिएको छ। त्यो भन्दा पनि ठुलो कुरा आत्म सन्तुष्टि दिएको छ।
शर्माको यो यात्रामा उनीकी जीवन सङ्गिनी पुनम दुलालको पनि उत्तिकै साथ र समर्थन रहेको छ।
श्रीमानको तेक्वान्दो प्रतिको लगावका लागि पुनम आफैले होस्टेमा हैँसे गर्दै आएकी छिन्। श्रीमानलाई सहयोग गर्न उनी आफैले अमेरिका आए पछि तेक्वान्दो सिकिन्। आफ्नो नियमित काम, घरधन्दा, परिवार र छोरीहरूको रेखदेखका साथ साथै श्रीमान् सँगै अन्यलाई तेक्वान्दो सिकाउन उनी आफै अग्रसर छिन्।
शर्मा जोडीले अहिले भाडाको कोठाबाट आफ्नै भवनमा तेक्वान्दो स्कुल शुरु गरेको छ।
एउटा व्यक्तिलाई सफलताको शिखर चढ्न उनका परिवारको साथ र समर्थनले कस्तो फरक पार्छ भन्ने उदाहरण नै शर्मा परिवारले दिएको छ।
किनकि बाबु आमाको तेक्वान्दो यात्रामा उनका दुई छोरीहरू पनि जोडिन आइपुगेका छन्।
बाँकी कुरा यो भिडियोमा …
र यो पनि..