अमेरिकी नागरिकता र आप्रवासन सेवाले फारम आई-७६५ को लागि सही शुल्क बुझाउन आग्रह
पेन्सिल्भेनिया। अमेरिकी नागरिकता र आप्रवासन सेवा (युएससीआइएस) ले रोजगार स्वीकृति आवेदन (फारम आई-७६५) पेश गर्दा सही शुल्क बुझाउन सबैलाई पुनः स्मरण गराएको छ। यस वर्ष अप्रिल १, २०२४ देखि लागू भएको नयाँ नियम अनुसार फारम आई-७६५ को शुल्क परिवर्तन गरिएको छ।
युएससीआइएस का अनुसार, हाल फारम आई-७६५ का लागि धेरै आवेदनहरू गलत शुल्कसहित पेश गरिएको पाइएको छ, जसले गर्दा फारम रद्द गर्नुपरेको छ। सही शुल्क बुझाएर मात्र फारम पेश गर्न युएससीआइएस ले सबैलाई आग्रह गरेको छ।
फारम आई-७६५ को सामान्य शुल्कहरू:
अनलाइन आवेदन: डलर ४७०
कागजी आवेदन: डलर ५२०
स्टेटस समायोजन (फारम आई-४८५) का लागि अनलाइन र कागजी आवेदन: डलर २६० (यदि तपाईले अप्रिल १, २०२४ पछि फारम आई- ४८५ को शुल्क तिरेर फारम पेश गर्नुभएको छ भने र तपाईको फारम आई-४८५ अझै प्रक्रियामा छ भने)।
यदि तपाईले जुलाई ३०, २००७ देखि अप्रिल १, २०२४ सम्म फारम आई-४८५ पेश गर्नुभएको थियो र शुल्क तिरिसक्नुभएको छ भने, फारम आई-७६५ पेश गर्दा कुनै शुल्क लाग्ने छैन।
अप्रिल १, २०२४ पछि गलत शुल्कसहित पेश गरिएका फारमहरू अस्वीकृत गरिनेछ। सही शुल्कहरू बुझ्नका लागि जी-१०५५ शुल्क तालिका वेबसाइट हेर्न युएससीआइएसले आग्रह गरेको छ।