नर्थ क्यारोलाइनामा घटे मतदाता,डेमोक्रयाटसले ७ प्रतिशत मतदाता गुमायो, ट्रम्प लाई राहत
पेन्सिल्भेनिया/ नर्थ क्यारोलाइना राज्य निर्वाचन बोर्डले सेप्टेम्बर २७ का दिन एक प्रेस विज्ञप्ति जारी गर्दै सन् २०२३ देखी अगस्ट २०२४ का बिचमा करिब ७ लाख ५० हजार अयोग्य मतदाताको नामावली मतदान लिस्ट बाट हटाएको बताएको छ । उक्त विज्ञप्तिका अनुसार पछिल्लो २० महिनामा दैनिक करिब १२ सय भन्दा बढी अयोग्य नामावली हटाइएको हो ।
यस बिचमा डेमोक्रयाट पार्टीलाई भने ठुलो धक्का लागेका छ । सन् २०२० र २०२४ को बिचमा रजिष्ट्र्रर डेमोक्रयाट भोटर करिब ७ प्रतिशतले घटेको छ । नर्थ क्यारोलाइनमा अहिले करिब २ दशमलव ४ मिलियन राजिष्ट्र्रर डेमोक्रयाट छन् ।
सन् २०२० मा यो संख्या २ दशमलव ६ थियो । त्यसो त २०२० रजिष्ट्रर रिपब्लिकन २ दशमलव २३ मिलियन भएकोमा अहिले २ दशमलव २९ मिलियन रिपब्लिकन छन् । डेमोक्रायटस् पार्टीले ठुलो संख्यामा रजिष्ट्रर भोटर गुमाउँदा रिपब्लिकनले भने केही संख्यामा रजिष्ट्रर भोटर बढाएको छ । यसमा पाटी परिवर्तन गर्ने, राज्य सर्ने, र मर्ने मानिसहरू छन् ।
भोटरको पछिल्लो आँकडा अनुसार हेर्ने हो भने ट्रम्प एवम् रिपब्लिकन लाई केही राहत मिलेको छ । हुन त पछिल्लो ६ वटा राष्ट्रपतीय निर्वाचनको नतिजा हेर्ने हो भने सन् २००८ मा बराक ओबामाले झिनो मतान्तरले नर्थ क्यारोलाइन जिते बाहेक सधैँ रिपब्लिकनको उम्मेदवार नै राष्ट्रपतीय निर्वाचन जित्ने गरेको छ ।
पछिल्लो निर्वाचन २०२० मा पनि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले ४९ दशमलव ९ प्रतिशत मत जित्दै नर्थ क्यारोलाइना जितेका थिए । निर्वाचित राष्ट्रपति जो बाइडेनले भने ४८ दशमलव ६ प्रतिशत मत प्राप्त गरेका थिए । यसरी हेर्दा पछिल्लो मतदाता आँकडाले सुइङ्ग स्टेट मानिएको नर्थ क्यारोलाइन कम्तीमा पनि निर्वाचन नतिजा आउनु पूर्व भने ट्रम्पको पल्ला भारी देखिन्छ ।
नर्थ क्यालरोलाइनमा निर्वाचन २०२४ का लागी १६ इलोक्टोरल भोट छ । कुल पाँच सय ३८ इलोक्टोरल भोट मध्ये दुई सय ७० भोट जित्ने उम्मेदवारले राष्ट्रपतिको निर्वाचन जित्ने छ ।