राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा दुई करोड हस्तान्तरण
काठमाडौं। राष्ट्रिय वाणिज्य बैँकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ हस्तान्तरण गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकमको चेक बैंकका सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले आज हस्तान्तरण गरेका हुन्।
प्रधानमन्त्री ओलीले बैँकलाई धन्यवाद दिंदै बाढी, पहिरो र डुबानबाट प्रभावित जनतालाई सहयोग र ऐक्यबद्धताबाट राहत मिल्ने विश्वास व्यक्त गरे।
बैँकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो सहयोग प्रदान गरिएको जानकारी दिए।
यसअघि, मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रारम्भिक रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो।