न्यु योर्कमा गुन्जियो हिमालयन सांस्कृतिक प्रतिष्ठानको सांस्कृतिक कार्यक्रम
तारा भट्टराई
न्यु योर्क, अमेरिका/ हिमालयन सांस्कृतिक प्रतिष्ठानले दशैको विशेष अवसर पारी गत शनिवार साँझ न्यु योर्कमा “विविध सांस्कृतिक साँझ २०२४” कार्यक्रम गरेको छ।
संस्थापक सदस्य अभय ढुङ्गेलको स्वागत मन्तव्य पछि नेपाली र अमेरिकी राष्ट्रिय गान बाट सुरु गरिएको कार्यक्रममा पत्रकार प्रदीप थापा परियारले कार्यक्रम उद्घोषण गरेका थिए।
कार्यक्रममा सपना श्री , जगदीश समाल, सङ्गीता मुखिया, अभय ढुङ्गेल , विमल डाँगी , निशा सुनार, राजेन्द्र राई, सानु शेर्पा , सुभाष दाहाल , हजुरी शाह कँडेल, सलिना श्रेष्ठ लगायतका गायक गायिकाहरूले दर्जन बढी गीत प्रस्तुत गरेका थिए।
कार्यक्रममा लोक नृत्य समेत प्रस्तुत गरिएको थियो। नृत्यकारहरू उषा लामा, शिव बिक, ऋचा तामाङ, जास्मिन शेर्पाले आ आफ्नो नृत्य प्रस्तुत गरेका थिए।
यसै गरी वाद्यवादनमा न्हुच्छे डङ्गोल; शिशिर श्रेष्ठ; हेमराज राई; डेभिड सौरभी ढकालले साथ दिएका थिए। कार्यक्रममा गीतकार अनिता थापा; दीपक श्रेष्ठ; मोडल इत्ना कार्की; र भीमसेन श्रेष्ठ पनि कार्यक्रममा विशेष सहयोगीको भूमिकामा थिए।
कार्यक्रमका लागी टिकट शुल्क एक सय र चालिस अमेरिकी डलर राखिएको थियो । आयोजकले स्रोता तथा दर्शकहरूलाई टिकट शुल्कमै रात्रि भोजन पनि गराइएका कारण कार्यक्रम ढुक्कसँग हेर्न पाएकोले विशेष मन पराइएको थियो । न्यु योर्क सिटी मेयर अफिसबाट कलाकारहरूलाई सम्मान पत्र पनि प्रदान गरिएको थियो ।
नेपाली कला र सङ्गीतको जगेर्नाका साथै विदेशमा पनि चिनाउने हेतुकासाथ सन् २०२१ मा अभय ढुङ्गेल; सङ्गीता मुखिया छोचूँ; न्हुच्छे डङ्गोल; र शिशिर श्रेष्ठले मिलेर न्यु योर्कमा स्थापना गरिएको हिमालय सांस्कृतिक प्रतिष्ठानले बेला बेलामा सांस्कृतिक कार्यक्रमहरू गरिरहने संस्थापक सदस्य सङ्गीता मुखियाले बताइन।
तस्बिरहरु सौजन्य आयोजक