इमर्जेन्सी फन्डमा सहयोग गर्न एनआरएनए केसी समूहको आग्रह
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) डा. बद्री केसी समूहको अन्तर्राष्ट्रिय समन्वय समितिले लगातारको वर्षाका कारण नेपालका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानका कारण भएको मानविय क्षतिबाट मर्माहत भएको जनाएको छ।
संस्थाका अध्यक्ष डा. बद्री केसी र उपाध्यक्ष हेमराज शर्माले जारी गरेको संयुक्त विज्ञप्तिमा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दै साथै, बाढी र पहिरोबाट प्रभावित नागरिकको जीवन रक्षा, बेपत्ताको खोजी, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकारसँग आग्रह गरिएको छ।
विपद्को यस घडीमा छिटो राहत तथा सहयोगका लागि विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय समन्वय परिषदहरुलाई अपिल गर्दै एनआरएन ईमर्जेन्सी फन्ड स्थापना गरिएको र यसमा सहयोग गर्न आह्वान गरिएको छ।
सहयोग गर्न इच्छुक व्यक्तिहरूलाई एनआरएन ईमर्जेन्सी फन्डमा योगदान गर्नका लागि निम्न खाता नम्बरमा रकम उपलब्ध गराइदिन अनुरोध गरिएको छ।
NRNA Emergency Fund
Bank: Sanima Bank Limited Naxal
A\C: 024010010000633