सरकार भन्दा अगाडि प्रतिपक्षले बोलायो सर्वदलीय बैठक
काठमाडौं। मुख्य प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अविरल वर्षा, बाढी, पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्।
अध्यक्ष दाहालको सचिवालयका अनुसार बैठक आइतबार बिहान १० बजे माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ।
यसैबीच, सरकारले पनि सर्वदलीय बैठक आह्वान गरेको छ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आज दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका हुन्।
कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले यस बैठकबारे जानकारी दिएको छ।