कोशी नदीमा पानीको बहावले अति खतराको तह पार गर्यो
सुनसरी। सप्तकोशी नदीमा पानीको सतहले अति खतराको तह पार गरेपछि कोशी ब्यारेजमा उच्च सतर्कता अपनाइएको छ।
आइतबार बिहान ७ बजे गरिएको मापन अनुसार, सप्तकोशीमा ६ लाख ६१ हजार ५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन भएको छ।
पानीको सतहले पुललाई नाघेपछि आपतकालीन सवारी साधनबाहेक अन्य सवारी साधनलाई पुलबाट आवागमनमा रोक लगाइएको छ।
सप्तकोशी जलमापन केन्द्रले जानकारी दिँदै पानीको सतह बढिरहेको र उच्च रातो सतर्कताको अवस्थामा रहेको जनाएको छ।
सप्तकोशी जलमापन केन्द्रका अनुसार, कोशी ब्यारेजमा एक लाख ५० हजार क्युसेक पानीको बहाव हुँदा खतराको सूचकका रूपमा रातो झन्डा र बत्ती बालिन्छ।